Logo

सरकारले संविधानको स्थापित प्रावधानलाई उल्ट्याउने प्रयास गर्‍यो : बालकृष्ण खाँण



Spread the love

 

१६ असार, काठमाडौँ l नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारले संविधानको स्थापित प्रावधानलाई समेत उल्ट्याउने प्रयास गरिरहेको आरोप लगाए ।

विधेयकको माध्यमबाट संविधानको प्रावधानलाई उल्ट्याउने काम सरकारले गरिरहेको उनको दाबी छ । ६१ औँ संसद् दिवसको अवसर पारेर पूर्वसांसद मञ्च, नेपाल र सङ्घीय संसद् सचिवालयले आज काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रमुख सचेतक खाँणले संसदीय लोकतन्त्र प्रति विश्वास गर्न पनि सबैलाई आग्रह गरेका छन् ।

उनले भने, ‘संसदीय लोकतन्त्रले मात्रै मुलुकमा शान्ति र समृद्धि ल्याउने भएकाले त्यसप्रति विश्वास गरेर अघि बढ्न म सबैलाई आग्रह गर्दछु l मुलुकमा द्वन्द्वको व्यवस्थापन गर्न पनि संसदीय लोकतन्त्रमा मात्रै सम्भव छ ।’ जनतालाई शान्तिपूर्ण ढङ्गले जिउने वातावरण बनाउन पनि संसदीय लोकतन्त्रको विकल्प नरहेको प्रमुख सचेतक खाँणले प्रस्ट पारेका छन् l

प्रतिक्रिया दिनुहोस्