Logo

तलब नपाएको भन्दै शिक्षकद्वारा विद्यालयमा तालाबन्दी



Spread the love

१६ असार, जुम्ला । जुम्ला जिल्लाको सिञ्जा गाउँपालिकाभित्रका निजी विद्यालयहरुमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ ।

गाउँपालिकाका २२ वटै विद्यालयमा कार्यरत ६३ शिक्षकहरुले तलब नपाएको भन्दै विद्यालयमा तालाबन्दी गरेका हुन् ।

विद्यालयका शिक्षकले व्यवस्थापन समितिलाई तलब उपलब्ध गराउन चार दिनको चेतावनी दिँदा पनि तलब नदिए पछि विद्यालयमा तालाबन्दी गर्न बाध्य भएका हुन् । भने आन्दोलनमा उत्रिएका शिक्षकले तलब उपलब्ध नभएसम्म विद्यालयको ताला नखोल्ने निजी शिक्षक सङ्घर्ष समितिका कोषाध्यक्ष तथा शान्ति आधारभूत विद्यालय तल्लोगोठीका निजी शिक्षक हरिबहादुर रोकायाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्