Logo

नेपालमा ‘आइफा’ गर्न दिने निर्णय सरकारले गरेता पनि बजेट नछुट्याइने : बाँस्कोटा



Spread the love

१६ असार, काठमाडौँ l अन्तर्राष्ट्रिय भारतीय फिल्म एकेडेमी अवार्ड (आइफा) नेपालमा गर्न दिने सरकारले निर्णय गरेता पनि बजेट भने नछुट्याइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले स्पष्ट पारे ।

चलचित्र विकास बोर्डको १९ औं वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा बाँस्कोटाले आइफाले नेपालमा कार्यक्रम गर्ने भनेर स्थान मागेकाले ठाउँ उपलब्ध गराउने निर्णय गरिएको बताउदै यस्तै कार्यक्रम गर्न हलिउडले प्रस्ताव ल्याए पनि सरकार सकारात्मक रहेको बताएका छन् ।

आइफा नेपालमा हुदा देशलाई घाटा नहुने भन्दै देशकै प्रचारप्रसारमा सहयोग पुग्ने उनले दाबी गरे l सञ्चारकर्मी र सञ्चारकर्मीको कडा आलोचना गर्दै उनले पत्रकारहरुमाथि भरोसा नभएको बताए ।

उनले भने, ‘पत्रकारमाथि भरोसा नै हुन छाड्यो । आफूले बोलेको कुरा आफैं रेकर्ड राख्नुपर्ने भयो l पत्रकारको समाचार लेख्ने ढंग छैन ।’

बाँस्कोटाले खोजमूलक पत्रकारिता गर्न पनि सञ्चारकर्मीलाई सुझाव दिए l सरकारले जे गरेपनि जहिले आलोचना मात्र हुने गरेको गुनासो गर्दै काँग्रेसलाई रुखको टुप्पोमा बसेर जरो हल्लाएँ भन्ने भ्रममा नपर्न पनि उनले सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्