Logo

डोटीमा सवारी दुर्घटना , ६ जना घाइते



Spread the love

१६ असार, डोटी । डोटीको आदर्श गाउँपालिकामा ७ गजेडामा सवारी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

दुर्घटनामा परि घाइतेहुनेमा जीपका चालक कटक सिताल , राजु दमाई, बारुली नेपाली, टीका नेपाली रमेश नेपाली, महेश नेपाली रहेका छन् ।

आदर्श गाउँपालिकाबाट सायल गाउँपालीकाका लागि छुटेको से १ च ९१७ नम्बरको जिप भिरालो तथा चिप्लो सडक भएका कारण सडकबाट ५०/६० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ ।

घाइतेहरुको उपचारका लागि शैलेस्वरी अस्पतालमा लागिएको र घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्