Logo

मुख्यमन्त्री पोखरेल चीन प्रस्थान



Spread the love

 


१६ असार, काठमाडौँ । आज प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल मित्र राष्ट्र चीन प्रस्थान गरेका छन् ।

उनी चाइना साउथर्न एयरलाइन्सको उडानबाट चिनियाँ कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभागको निमन्त्रणामा चीनको छेन्दु प्रस्थान गरेका हुन् ।

मुख्यमन्त्री पोखरेलको साथमा नेकपा संसदीय दलका सचेतक पार्वती थापा, प्रदेशसभा सदस्य हरि रिजाल, नगरप्रमुख नरुलाल चौधरी र धननारायण श्रेष्ठ, मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसी र किरण गौतम भ्रमणमा सहभागी रहेका छन् ।

भ्रमणका क्रममा चीनको सिचुवान प्रान्त र प्रदेश ५ बीच भगिनी सम्बन्ध कायम गर्ने बारेमा समझदारी हुनेछ । मुख्यममन्त्री पोखरेल असार २५ गते स्वदेश फर्कने प्रेस सल्लाहकार शेर बहादुर केसीले जानकारी दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्