Logo

सांसद देवकोटाको प्रश्न : उपत्यकावासीहरूले कहिले उपयोग गर्न पाउने मेलम्चीको पानी?



Spread the love

१५ असार, काठमाडौँ l नेपाली काँग्रेसका राष्ट्रिय सभाकी सांसद अनिता देवकोटाले खानेपानी मन्त्रालयको खर्च कटौतीका लागि संशोधन प्रस्ताव पेश गरिन ।

आजको राष्ट्रियसभाको बैठकमा सांसद देवकोटाले खानेपानी मन्त्रालयको ‘पदाधिकारीलाई इन्धन’ शीर्षकमा विनियोजन गरिएको बजेट कटौती गरी ‘एक रुपैयाँ’ कायम गरियोस् भन्ने संशोधन प्रस्ताव पेश गरेकी हुन् ।

सरकारले आगामी आर्थिक वर्षको खानेपानी मन्त्रालयको बजेटमा पदाधिकारीलाई इन्धनका लागि बजेट विनियोजन गरेको थियो । जुन बजेट फजुल खर्च भएकाले त्यसलाई कटौती गरेर एक रुपैयाँ कायम गर्न देवकोटाको सरकारसँग माग छ ।

सांसद देवकोटाले चालू खर्चबाट सो बजेट कटौती गरेर जनताको शुद्ध खानेपानी पिउन पाउने व्यवस्थाका लागि खर्च गर्न पनि सरकारलाई सचेत गराएकी छन् ।

सांसद देवकोटाले गरिब तथा भूकम्प पीडित जनतालाई उचित खानेपानीको व्यवस्था हुने गरी ठोस योजना ल्याउन पनि सरकारसँग माग गरिन् ।

सांसद देवकोटाले सरकारलाई प्रश्न गरिन, ‘मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकावासीले कहिले उपयोग गर्न पाउने हो ?’

प्रतिक्रिया दिनुहोस्