१५ असार, सर्लाही । सर्लाहीको उत्तर–पूर्वी भेगस्थित गौरीशङ्करमा १ बालकको खाल्डोमा डुबेर ज्यान गएको छ ।
मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका–१३, गौरीशङ्करका १२ वर्षीय अमित राय रहेको छ । हिजो दिउँसोदेखि बेपत्ता भएको अमित आज बिहान सर्लाही र महोत्तरीको सीमा भएर बग्ने बाँके खोलामा गिट्टी बालुवा निकाल्दा बनेको गहिरो खाल्डोमा मृत अबस्थामा फेला परेको हो ।
स्थानीयवासीले खोलामा जथाभावी उत्खनन् गर्दा उक्त घटना भएको भन्दै बालकको शव उठाउन नमानेको र खोलामा भैरहेको अवैध उत्खनन् बन्द गर्नुपर्ने भन्दै मृतक बालकका परिवारलाई उचित राहत दिनुपर्ने स्थानीयको माग रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्