Logo

पीएसजीमा एमबाप्पेले अब नयाँ सम्झौता नगर्ने



Spread the love

१४ असार, काठमाडौं । फ्रान्सेली स्टार केलिएन एमबाप्पेले पीएसजीमा लामो समयसम्म नरहने बताएका छन् ।

मोनाकोबाट सन् २०१७ मा पीएसजी आएपछि उनले निक्कै राम्रो खेल पस्किरहेका छन्। नेमार पीएसजीमै रहेका कारण अझै एमबाप्पेलाई स्टार खेलाडीको रुपमा हेरिएको छैन।

स्पेनिस खेल पत्रिकाको अनुसार एमबाप्पेलाई पीएसजीले जति पैसा दिन तयार भए पनि उनले अब नयाँ सम्झौता गर्ने छैनन्। रियल मड्रिड र बार्सिलोनाजस्ता क्लबबाट अब एमबाप्पेले खेल्नेछन्।

एमबाप्पेको २०२२ सम्मको पीएसजीसँग सम्झौता रहेको छ। उसले त्यसपश्चात अन्य क्लबबाट अर्को आफ्नो नयाँ अध्याय सुरु गर्नेछन्।

रियल मड्रिडले सिजनको सुरुवातमा एमबाप्पे अनुबन्ध गर्न चाहेता पनि पीएसजीले भनेजति मूल्य तिर्न नसक्दा मड्रिडले एमबाप्पेलाई अनुबन्ध गरेन।

प्रतिक्रिया दिनुहोस्