१४ असार काठमाडौँ। धितोपत्र बजारमा यस साता पनि उतारचढावपूर्ण कारोवार भयो । अघिल्लो बिहीबार अर्थात असार ५ गते एक हजार २६४।३६ विन्दुमा रहेको नेप्से परिसूचक यस साताको अन्तिम दिन असार १२ गते एक हजार २५७।१५ विन्दुमा पुगेर बजार बन्द भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर रु दुई अर्ब ५२ करोड ६१ लाख ५७ हजार ४४४ मूल्यमा रु ७६ लाख ७२ हजार ५६४ कित्ता शेयर कारोवार भए । कूल १७४ कम्पनीको शेयर साताभर कारोवार भए ।
यस साताको पहिलो दिन कारोवार मापक नेप्से परिसूचक १० दशमलव ०१ अङ्कले घटेर एक हजार २५४ दशमलव ३५ बिन्दुमा ओर्लिएको छ । सो दिन ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ०१ अङ्कले घटी २६९ दशमलव ६० बिन्दुमा पुगेको छ ।
नेप्से परिसूचक ओरालो लागेसँगै कारोवार रकम समेत घट्यो । कूल १७२ कम्पनीको १५ लाख ७५ हजार ३४० कित्ता शेयर रु ४८ करोड १८ लाख ५९ हजार कित्ता शेयर खरीद–बिक्री भए ।
यस्तै सोमबार नेप्से परिसूचक ५।७५ बिन्दुले उकालो लागेर एक हजार २६०।१० अङ्कमा पुग्यो । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १।४४ बिन्दुले बढेर २७१।०४ मा पुग्यो । सो दिन नेप्से परिसूचक उकालो लागे पनि कारोवार रकम भने उल्लेख्यमात्रामा अगाडि बढ्न सकेन । कूल १७३ कम्पनीको १५ लाख चार हजार ६७२ कित्ता शेयर रु ४८ करोड १४ लाख ९२ हजार ८२१ मूल्यमा खरीद बिक्री भए ।
मङ्गलबार नेप्से परिसूचक ०।९६ विन्दुले बढेर एक हजार २६१।०७ अङ्कमा पुग्यो भने ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।४ बिन्दुले बढेर २७१।४४ मा पुग्यो । सामान्य अङ्कले बढेको बजारमा त्यस दिन कारोवार रकम भने सामान्य देखियो । कूल १७४ कम्पनीको १३ लाख २४ हजार ५१९ कित्ता शेयर रु ३६ करोड ४७ लाख ७३ हजार ३३० बराबरको खरीद–बिक्री भए ।
सोमबार र मङ्गलबार उकालो लागेको नेप्से परिसूचक बुधबार भने ओरालो लाग्यो । त्यस दिन परिसूचक २।७८ अङ्कले घटेर एक हजार २५८।२९ विन्दुमा झ¥यो भने ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।६३ अङ्कले घटेर २७०।८१ मा पुग्यो । नेप्से परिसूचक घटे पनि कारोवार रकम भने वृद्धि भयो । कूल १६७ कम्पनीको १४ लाख १३ हजार ३५७ कित्ता शेयर रु ५७ करोड एक लाख २३ हजार ४८१ मूल्यमा खरीद बिक्री भए ।
साताको अन्तिम दिन बिहिबार परिसूचक १।१४ अङ्कले घटेर एक हजार २५७।१५ बिन्दुमा पुग्यो । त्यस दिन नेप्से परिसूचक घटे पनि ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक भने सामान्य अङ्कले वृद्धि भयो । कूल १७२ कम्पनीका १८ लाख ५४ हजार ६७६ कित्ता शेयर रु ६२ करोड ७९ लाख आठ हजार ८१२ मा खरीद बिक्री भए ।
यससाता पनि बजारमा वाणिज्य बैंकहरुकै बोलवाला रह्यो । बजार पूँजीकरणका आधारमा नेपाद दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहँदा नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एभरेष्ट बैंक, स्ट्याण्डर्ड चाटर्ड बैंक, नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन बैंक, एनआइसी एशिया बैंक, नेपाल एसबिआई बैंक र कृषि विकास बैंक क्रमशः उत्कृष्ठ दश कम्पनीका रुपमा रहे । यस साता नेपाल इन्स्योरेन्स कम्पनीको ४० लाख चार हजार ६५१ कित्ता शेयर लाभांश स्टकमा सूचीकृत भए । –––रासस