१४ असार, काठमाडाैँ – अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई २–० गोल अन्तरले हराउँदै सेमीफाइनलमा स्थान बनाउन सफल भएको हो ।
खेलको १० औ मिनेटमा लौटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । लियाेनल मेस्सीकाे कर्नरमा अग्युराेले डिबक्स भित्रबाट प्रहार गरेकाे बललाई ब्याकहील गर्दै पाेस्टकाे दिशा दिए ।
७४ औ मिनेटमा बैकल्पिक खेलाडी जियोभानी लो सेल्सोले गाेलकिपरकाे गल्तीकाे फाइदा उठाउँदै अर्जेन्टिनाका लागि दाेस्राे गाेल गर्दै जीत सुनिश्चित गरे ।
अर्जेन्टिनाले अब जुलाई ३ तारिखमा फाईनल प्रवेशका लागि आयोजक ब्राजिलसंग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्