१३ असार, काठमाडौँ l नेकपाकी सचेतक शान्ता चौधरी र कलाकार करिष्मा मानन्धरलाई प्रतिनिधिसभाको बैठकबाटै एसईई परीक्षा उत्तीर्ण गरेकोमा सांसदले बधाई दिएका छन् ।
नेकपाका सांसद विशाल भट्टराई र सूर्यप्रसाद पाठकले संसद्को शून्य समयमा एसईई परीक्षा पास गरेकोमा बधाई दिएका हुन् । गए दिन भएको एसईई परीक्षाको नतिजामा चौधरीले २.६५ जिपिए र करिष्मा मानन्धरले ३ जिपिए ल्याएर उत्तीर्ण गरेका थिए ।
भट्टराईले बधाई दिए लत्तगै संसद्को शून्य समयमा सांसद चौधरीले पनि आफूलाई परीक्षा पास भएको उपलक्ष्यमा बधाई दिने प्रधानमन्त्री केपी शर्मा ओली लगायत सबैलाई धन्यवाद दिइन् ।
चौधरीले भनिन् ‘मलाई एसईई परीक्षा पास गरेकोमा बधाई दिने प्रधानमन्त्रीसहित सम्पूर्ण महानुभावहरूलाई धन्यवाद दिन चाहन्छ l ‘
प्रतिक्रिया दिनुहोस्