१३ असार, महोत्तरी l महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–२ मा अवस्थित रामजानकी मन्दिर (कुट्टी) बाट गए बिहीबार साढे ७ लाख मूल्य बराबरको मूर्ती चोरी भएको छ ।
एकडारा गापा–२ मा रहेको रामजानकी मन्दिरबाट गए बिहीबार चोरहरूको एक समूहले ७ लाख ५० हजार मूल्य बराबरको तीनवटा मूर्ती चोरेर लागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए l
उक्त मन्दिरमा अवस्थित प्रतिगोटा दुई लाख ५० हजारमा किनेर स्थापना गरिएको अष्टधातुको १५/१५ किलोग्रामका डेढ/डेढ फिटको भगवान् रामको, माता सीताको र भगवान् लक्ष्मणलालको गरी ३ वटा मूर्ती चोरेर लगेको बुढाथोकीले बताएका छन् l
लाखौँको मूर्ती चोरी भएको खबर पाउनसाथ सो मूर्तीहरू चोरी गरेका समूहको व्यापक खोजतलासका लागि उक्त क्षेत्रमा प्रहरी परिचालन गरिएको र चोरहरू चाँडै समातिने प्रहरी नायब उपरीक्षक बुढाथोकीले जनाए l मूर्तीहरूको तौल गह्राैं भएकाले चोरहरूले सजिलैसँग बाहिर लैजान नसक्ने बुढाथोकीले बताए l