१३ असार, बर्दिया ।बर्दियाको मधुवन नगरपालिकामा श्रीमानको कुटाईबाट श्रीमतीको ज्यान गएको छ ।
मृत्यु हुनेमा दिलमाया देशुवा मगर रहेकी छिन् । दिलमायालाई श्रीमान केशर बहादुर देशुवा मगरले रिसको आवेगमा बेहोसहुने गरि कुटेका थिए ।
बेहोस उनको जिल्ला अस्पताल बर्दियामा उपचारको क्रममा मृत्यु भएको र उक्त घटना पश्चात तारातालबाट खटिएको प्रहरीको टोलीले पति केशरबहादुरलाई पक्राऊ गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्