Logo

श्रृंखलावद्ध सिरिन्ज आक्रमण गर्ने व्यक्ति सार्वजनिक, रमाइलोका लागि आक्रमण गरेको भनाइ



Spread the love

काठमाडौँ उपत्यकामा भएको श्रृंखलावद्ध सिरिन्ज आक्रमणको घटनामा संलग्नलाई महानगरीय प्रहरी परिसर काठमाडौँले बिहीबार राति १० बजे महाराजगन्जबाट पक्राउ गरेको छ ।

रामेछाम घर भई हाल महाराजगन्जमा रेस्टुरेन्ट चलाउँदै आएका ३० वर्षीय सन्तोष कार्कीलाई प्रहरीले विभिन्न युवतीहरूलाई सिरिन्ज आक्रमण आरोपमा पक्राउ गरेको हो । उनी ५ वर्ष दुबई बसेर फर्किएका व्यक्ति हुन् ।

प्रहरी बयानमा कार्कीले रमाइलोका लागि सिरिन्ज आक्रमणमा गरेको बताएका छन् । कार्कीले सिरिन्जले नभई काँटीले घोचेको बताएका छन् । उनले प्रारम्भिक बयानमा आफ्नो अपराध स्वीकार गरेको प्रहरी स्रोतले दाबी गरेको छ । प्रहरीले शुक्रवार दिउँसो पत्रकार सम्मेलन गरेर उनलाई सार्वजनिक गरेको छ ।

केही हप्ता देखि काठमाडौँ र भक्तपुरमा श्रृंखलावद्ध सिरिन्ज आक्रमण भएको थियो । केही दिन अगाडि बनेपामा पनि यस्तै प्रकृतिको घटना घटेको थियो । सिरिन्ज आक्रमणको एकपछि अर्को सिकार भएका ९ महिलाको शुक्रराज ट्रपिकल सेन्टर टेकुमा उपचार भइरहेको छ । उनीहरूलाई एचआईभी विरुद्धको एआरटी औषधि चलाइएको छ भने हेपाटाइटिस बी विरुद्धको भ्याक्सिन पनि दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्