दिनको छायाँ लम्बिदै गइरहेको छ । साँझको छायाँ घट्दै जानेछ- अब केहिबेरमा । व्यस्त सडकमा उभिएर एक कप मस्त ‘काल् च्या’ पिइरहेको छु ।
हुस्सु ह्वात्तै घट्यो । जाडो स्वाठ्ठै बढ्यो । पानी पर्लापर्ला जस्तो थियो केहि अगाडि । तर अहिले भने गुप्ताङ्गमा पसिना उमार्ने गरि गर्मी बढेको छ ।
चिया गुलियो हुन्छ । चिया टर्रो हुन्छ । चिया अमिलो हुन्छ ! चिया खल्लो हुन्छ । चियाको आफ्नै स्वाद हुन्छ । चियाको आफ्नै फ्रेसनेस हुन्छ । चियाको आफ्नै ताजगी हुन्छ । …. त्यैट, तर यो चिया ?….कति साह्रो बेस्वादिलो हो ?
चियाको कप नालीमा हुत्ताएर म ठमेल तिर छिरे । एक्कासि उसमा नजर पर्यो- जस्को बारेमा म यहाँ कथा लेख्दैछु ।
पहिलो दिन
स्वदेशी/विदेशी दुवैको गतिलो भिड थियो । म ज्याँठाको अँध्यारो गल्लीको ‘साल्दाइको भट्टि’ छिर्ने मनशायले उतै लम्किदै थिएँ । रमेश किरानापसल छिरें, एउटा सिग्रेट मागें । सिग्रेट सल्काउँन लाग्दै थिएँ । हो…हो…हो ठ्याक्कै त्यैबेला मैले उसलाई देखें । जसको बारे मैले माथि पनि लेखिसकें । र, म अब पनि लेख्नेछु..लेख्दैछु ।
हावासँग निर्धक्क बयेली खेलिरहेका गुलाबी कपाल, ओठ ज्यादै गुलाबी; नाक अलिकति चुच्चो, छाती ज्यादै चुच्चो; आँखामा चस्मा…पहिरन पनि नेपाली नै ।
ऊ ऐना वरिपरि राखेर बसेकी थिइ । एकै साइजको । एकै कलरको । एकै खाले । झट्ट हेर्दा ऐना बेच्न बसेकी जस्ती देखिन्थी ऊ ।
ऐनालाई भाग्य भन्न सकिन्छ, सपना मान्न सकिन्छ ।
ऐना कहिले विधुवाको सिउँदो बनिदिन्छ ।
ऐना कहिले गुलाबी ओठ बनिदिन्छ ।
आँखा जुधाउन,
आँखा झिम्काउँन,
परेला बङ्गाउँन,
मुख कुच्चाउन,
जुल्फी मिलाउन- सब जानेको छ ऐनाले ।
ऐनालाई भाग्य भन्न सकिन्छ, सपना मान्न सकिन्छ ।
ऐना कहिले विधुवाको सिउँदो बनिदिन्छ ।
ऐना कहिले गुलाबी ओठ बनिदिन्छ ।
आँखा जुधाउन,
आँखा झिम्काउँन,
परेला बङ्गाउँन,
मुख कुच्चाउन,
जुल्फी मिलाउन- सब जानेको छ ऐनाले ।
उ किन ऐना बेचिरहिछे ? यो कस्तो अडमिल्दो व्यापार थालेकी उसले ?- मलाई उसको बारे यावत कुरा जान्न मन भएर आउँछ ।
नजिकै गए । सोधे,”कति बिक्री भयो आज ?”
“हजुर ?” सुनेर पनि नसुने झै गर्नु, हामी सब्बैको स्वाभाव हो । यसकारण उसको ‘हजुर ?’ सँग मैले खासै आपत्ती जनाइनँ ।
“तपाईंको नाम ?”, एउटा ऐना उठाएर कपाल मिलाउदै सोधेँ ।
“मेरो नाम नासिका हो । म आफुलाई नासिका नागिला भन्न रुचाउँछु ।” र, उसले सँगसँगै यो पनि भनी,“एम दि सिटिजन अफ टुडेज् वर्ल्ड । अनि तपाइँ ?”
“म पनि यहि भूगोलको मान्छे । तपाई जस्तै ।” यत्ति भनेर टारिदिएँ ।
‘दाजु, आउनुहोस्, आफ्नो अनुहार हेर्नुहोस् ।’ नजिकैबाट एउटा भुँडे पुलुक्क ऊ तिर हेर्छ । अनि खिस्स हास्छ । नासिका कुनै प्रतिक्रिया जनाउँदिन । मानौं उसलाई त्यो भुँडेले खिस्साएको चाल नै पाएकी छैन ।
त्यही बाटो भएर हिड्नेहरु उसको ऐना स्टल तिर हेर्छन्, जान्छन् । कसैको आँखामा कौतुहलता छ, यस्ता आँखाहरु नजिकै आउँछन्, कुरा बुझ्न खोज्छन् । र, कुरा नबुझी फर्किन्छन् ।
कसैको आँखामा मुर्खता देखिन्छ, ङिच्च दाँत बनाउँछन् । र, हिड्छन् ।
कुनै प्रौढ आँखा आउँछ, ऐना उचाल्छ, आफ्नो अनुहारको नापनक्सा नाप्छ । खिस्स हाँसी निस्कन्छ ।
कुनै तरुनो आँखा आइपुग्छ, समय लगाएर बङ्गाउन सक्ने, कुच्चाउन सक्ने सम्म आफ्नो अनुहार कुच्चाउँछ । र, जान्छ ।
यतिन्जेल म नजिकै उभिएर नासिकालाई र आउने-जानेहरुलाई पालैपालो घुरिरहेको हुन्छु ।
“एउटा ऐनाको कति ?” म मान्छे अलि पातलो भएपछि ऊ नजिकै गएर सोध्छु ।
“मैले बेच्न राखेको होइन । बरु तपाईं आफ्नो अनुहार फेरि पनि हेर्न सक्नुहुनेछ ।”
कस्तो वाहियत ? सिधै आइजो आफ्नो थोपडा हेर्, भन्छे । के म त्यति नराम्रो छु ? त्यहाँमाथि आफ्नै मुख हो- के हेरिरहनु पर्यो ? केको टन्टा ?
“होइन, कस्तो बेकूफ कुरा गरेको ? मैले मेरो अनुहार किन हेर्ने ?”
“एस्क्युजमी म्यान ! देन्, तपाइँ जान सक्नुहुन्छ ।” कत्ति रुखो बोलेकी हो बोल्न पनि ।
“जाउँला । तर मलाई जान्नुछ, तपाइँले गरिरहनु भएको के हो ?” ममा जान्ने उत्सुकता मरेको थिएन ।
उ वाल्ल परी । र, मलाई हेरिरही । उस्को चस्मा मलाई घुरिरहेका थिए ।
मैले फेरि पनि सोधें ।
“केहि त बताउनुस्, तपाईंको उद्देश्य के हो ? तपाईलाई थाहा होला नि, यसरी नगर भित्र यस्ता स्टल राख्न पाइन्न ? नगरपालिकाले फेला पारे छोड्दैन ।”
“ओह, भनेसी तपाईं पुलिस ?”
मलाई उसको प्रश्नै मनपर्दैन । त्यै नि उत्तर दिन आवश्यक ठान्छु ।
“म पहिले त यो देशको नागरिक हो । यस देशको नीतिनियम अनुसार यसो गर्नु नियम विपरीत हो । म त तपाईंकै भलोको लागि बोलेको । नत्र मलाई केको टाइँटाइँ ?”
“खै छाड्नुहोस् । तपाईं मलाई माफ गर्नुस् । तपाईं आफ्नो काम गर्नुस्, मलाई आफ्नो काम गर्नुछ ।“ उसले भन्नलाई अलिकति पनि बाँकि राख्दिन ।
“आफ्नो अनुहार हेर्नुहुन्छ भने हेर्नुहोस्, नत्र जानुहोस् । मलाई अब एक सेकेन्ड पनि नबिथोल्नुहोस् ।” कस्तो भारी आवाज । यति राम्री तरुनीको कति रुख्खाइदो बोली ।
मलाई उस्को वेवास्ता वास्तापुर्ण लाग्यो । केहिँ त छ यो केटीमा । यो को हो ? किन ऐना बेचिरहिछे ? -बेचैनी, छट्पटी छटपट-छटपट गरिरहे । छट्पटाइरहें ।
“बेच्नु छैन भन्नुभयो ? नबेच्ने भए किन यस्तरी देखाएर राखेको ?” उसको अनुहारको उज्यालो हट्छ । “मलाई माफ गर्नुहोस् तर मलाई तपाईंको उद्देश्य जान्न मन छ । म आफ्नो मुर्खता प्रति क्षमा चाहन्छु । तपाईं आफ्नो उद्देश्य बताउनुस्, मलाई चैन मिल्छ । अनि म गइहाल्छु । तपाईंलाई बिथोल्न आउन्न ।”
“खैर, माफी मागिरहन पर्दैन । त्यस्तो खासै केही पनि होइन । व्यस्त जीवन बाचिरहेछौं हामी । घाम पानी, क्याप, छाता केहि नभनी । सजिलो जिन्दगीलाई जटिल बनाइरहेछौं । दौडिरहेछौं, कही पुगिहाल्नु पनि छ । यो दौडाहा प्रवृत्तिको सिकार तपाईं, म र हामी सब्बै हौं ।” ऊ बोल्दाबोल्दै रोकिन्छे,”तपाईं कस्तो देखिनुहुन्छ, तपाईंलाई थाहा छ ? छैन नि ? मलाई पनि थाहा छैन । हामीलाई आफ्नो अनुहार नियाल्ने फुर्सद छैन । आफैलाई घुर्ने नै समय छैन । मैले आफ्नो थोरै समय निकालेर तपाईंलाई तपाईं यस्तो देखिनुहुन्छ भन्न खोजेको मात्रै हो ।”
“खैर, माफी मागिरहन पर्दैन । त्यस्तो खासै केही पनि होइन । व्यस्त जीवन बाचिरहेछौं हामी । घाम पानी, क्याप, छाता केहि नभनी । सजिलो जिन्दगीलाई जटिल बनाइरहेछौं । दौडिरहेछौं, कही पुगिहाल्नु पनि छ । यो दौडाहा प्रवृत्तिको सिकार तपाईं, म र हामी सब्बै हौं ।” ऊ बोल्दाबोल्दै रोकिन्छे,”तपाईं कस्तो देखिनुहुन्छ, तपाईंलाई थाहा छ ? छैन नि ? मलाई पनि थाहा छैन । हामीलाई आफ्नो अनुहार नियाल्ने फुर्सद छैन । आफैलाई घुर्ने नै समय छैन । मैले आफ्नो थोरै समय निकालेर तपाईंलाई तपाईं यस्तो देखिनुहुन्छ भन्न खोजेको मात्रै हो ।”
ऊ एउटा ऐना उठाउँछे र भन्छे,”तपाईं यस्तो भइसक्नुभयो अहिले हेर्नुहोस् त ।” ऐनामा देखिएको प्रतिबिम्ब मेरै हो भनेर ठम्माउन मलाई समय लाग्छ ।
म लज्जित हुन्छु, आफ्नो प्रश्नप्रति । आफ्नो मुर्खताप्रति । आफ्नो अहिलेसम्मकै यात्राले मलाई हिनताबोध गराउँछ ।
साँच्चै । म कति हतारमा रहेछु ।
मैले आफुलाई कहाँ-कहाँ उभ्भाएछु, म यस्तो छु उस्तो छु भनेर । तर म ?
०००
ऊ बोलाइरहेकी छे, आउने जानेहरुलाई ।
– आउनुहोस, आफ्नो अनुहार हेर्नुहोस् ।
– आउनु, आफूलाई हेरेर जानुस् ।
– हजुर,…हजुर म्याडम तपाईं राम्रो देखिनु’भाछ । होइन त ? …. उसको ओठभरि हासो । कहाँ देखि आउँछ उसको ओठभरी त्यो हासो ? म किन सकिरहेको छैन ? …
भर्खरै ऐना हेरेर फर्किएकी त्यो केटि कुरुप छे । नराम्री छे । उस्ले राम्री भनिदिई । कति मख्ख पर्दै गैइ । ओहो ! त्यो केटिको ओठ. कस्तो खुलेको ? कस्तो खुसी देखिएकी त्यो ?
म नागिलालाई हेर्छु । उ आउने-जानेहरुलाई ऐना देखाइ रहेकी छे । आउनेहरु उत्सुक छन, निराश छन् । ऊ ऐना देखाइदिन्छे । प्रशंसा गरिदिन्छे । मख्ख बनाइदिन्छे । जानेहरुको अनुहार हसिलो बनाउदै गइरहेछन् । ऊ हास्न सक्छे । ऊ खुसी छे, यसैले त सब्बैलाई खुसी बनाइरहिछे ।
‘ओह सर ! तपाईंको कस्तो हेन्सम देखिनु भएको ? ह्वाट अ चार्मिङ फेस यू ह्याभ ।’
अब हुदाहुदै त्यो ६५ वर्ष को दाँत झरेको च्यासें बूढो आफ्नी ६० वर्षे बुढिलाई आँखा सन्काउछ । अनि चाउरिएको ओठमा मुस्कान भर्छ । …तैट…,थोते मुस्कान, कस्तो नसुहाएको ।
म अझ केइ बेर बसेर हेरिरहन्छु- त्यो दृश्य । आएकाहरु कसैलाई निराश बनाएकी छैन उसले । लगभग आधा-एकघन्टा उभिएर उसलाई हेरिरहे ।
मान्छेहरुको पातलै सहि- उपस्थिति छ । तन्नेरी जमात एकैछिन उभिन्छन, र हेर्छन उसलाई । कोहि खिस्स हासिदिन्छन, कोहि नजिकै गएर के हो भनेर बुझ्चन् । कत्ती आफ्नो अनुहार पनि हेर्छन् ।
मलाई अचम्म लाग्छ । कत्रो पागलपन । कस्तो साहस । कस्तो सुन्दर विचार बोकेकी केटी ?….
“ओह ? आश्चर्यमा पर्नुभयो ? ” लिप्सिटक लगाइएको ओठ टोक्दै उसले उसलाई हेरिरहेको मलाई सोधी ।
“हजुर !” म आफ्नो आँ भइरहेको मुख ट्याप्प बन्द गर्छु ।
“तपाईले सोच्नु भयो होला म कति उदार ? होइन ?”
म हासिसिएँ ।
उदारता ? उदारता नै त हो यो उस्को- यो । हिडिरहेका मान्छेलाई बोलाएर आफ्नो अनुहार हेरेर जानुस् भनेकी छे । कतिले आफुलाई नचिन्लान् पनि ? कत्ती त आफ्नो अनुहार देखेर तर्सिएलान् पनि ?
एक फेर भिड तिर नजर फ्याके । कति बिघ्न हतारिएका हुन् यी खुट्टाहरु ..? पुग्न कहाँ चाहन्छन् ?
पुगेर के चाहन्छन् ? -फर्किन चाहन्छन् । फर्किने नै हो भने फेरि पुग्नु किन ?
उ बोलाइ रहन्छे आउनेजानेहरुलाइ…
– आउनुहोस्, आफ्नो अनुहार हेर्नुहोस् ।
– वेलकम सर ! वेलकम !!
– हो ! हो नि म्याम । हेर्नुहोस् त कस्तो राम्रो देखिनु’भाछ तपाईं ।
एकफेर फेरि ऊ तिर नजर फ्याकें । उ लागीपरेकी छे, दुनियाँलाई आ-आफ्नो अनुहार देखाउन । कस्तो मस्तमौला केटी । केइ गर्नु नै छैन जस्तो, कहि पुग्न नै चाहन्न जस्तो । कत्ती ढुक्क छे आफूमा ।
एक्कासि साथिको फोन आउँछ । म भट्टि तिर लाग्छु । अलि पर पुगिसक्दा पनि फर्किएर उसैलाई हेरिरहन्छु ।
दोस्रो दिन
हिजो ठ्याक्कै यत्तिखेर ऊ यहाँ थिइ, आज पनि रहिछे । आफ्नो प्रत्याशा अनुरुप नै उसलाई त्यहाँ पाएर दङ्ग छु- म ।
ऊ नजिकै जान्छु । उ मलाई देखेर खिस्स हास्छे । लालि रहेनछ आज । लाली नलगाइएको ओठबाट भर्खरै निस्किएको हासो भने उत्तिकै लठ्ठालु । बैंस भरिएको बदमाश नजरा झन उस्तै मात ल्याउने ।
“हाई !…मैले त सोचेकै थिइन । तपाईं आउनुहुन्छ भनेर ।” हाइ र त्यसपछिको वाक्य गठन बदमासीपुर्ण थियो ।
मलाई पनि लागेको थिएन, उसको अगाडि एक फेर फेरि आफुलाइ पुराउँछु जस्तो । तर खै कुन्नी कुन कुतकुतीले म भोलिपल्ट फेरि उस्को सामु पुगेको थिए । सायद यो उस्को गिरफ्तारी थियो । या मेरो दिलको बफादारी थियो…? खै के थियो..तर केहि त थियो । एक फेर फेरि जो म उस्को सामुन्ने थिए ।
“तपाईंको आर्ट कस्तो भइरहेको छ ?”
“के भन्नुभयो ? मेरो कामलाई आर्ट भन्नुभयो ?”
“हजुर ! तपाईं कलात्मक काम गर्दै हुनुहुन्छ । जीवन्तता छ तपाईंको काममा ।”
“ए, अनि किन आउनुभएको त ?”
“मलाई कला मन पर्छ । ”
“भनेसी यो तपाईंको उदारता?”
“सायद उदारता नै । तपाइँले सिकाउनुभयो मलाई उदारता ।” म मस्किदै यत्ती भनिदिन्छु ।
“मलाई शुरुमै लागेकै थियो तपाईं यस्तै मान्छे हो भनेर ।”
“भन्नाले ? कस्तो लागेको थिए म ?”
“अ पेन्सेसिभ म्यान !”
“पेन्सेसिभ म्यान ?”
“अँ !”, उसको हाँसो । फिक्का ओठबाट निस्किएको गाढा हासों ।
एक जोडी नेपालि आउछन् । ऊ दुवैलाई एकएक वटा ऐना दिन्छे । ती दुई पालैपालो दुवै ऐनामा आफुलाई हेर्छन् ।
“तिमी भन्दा त म राम्रो । हेर्दै स्याल जस्तो तिमी त”, केटि चाहिले प्याच्च भनिदिन्छे ।
“आफू नि आफू..? सुघुर्नीको अनुहार परेकी…।”
दुवै झम्टिन्छन- एकअर्कालाई । अनि लेखेटालखेट गर्दै परको अँध्यारो गल्लीभित्र तिनिहरुको छायाँ छिर्छ ।
“तिमी भन्दा त म राम्रो । हेर्दै स्याल जस्तो तिमी त”, केटि चाहिले प्याच्च भनिदिन्छे ।
“आफू नि आफू..? सुघुर्नीको अनुहार परेकी…।”
दुवै झम्टिन्छन- एकअर्कालाई । अनि लेखेटालखेट गर्दै परको अँध्यारो गल्लीभित्र तिनिहरुको छायाँ छिर्छ ।
नागिला र म जोडजोडले हास्छौ ।
मैले उसलाई म पनि बोलाउ मान्छेलाई भनेर सोधेको थिए, उसले हुन्छ भनी ।
०००
“आउनुस् ।
आउनुस्, ओ दाजु आउनुस् । ए दिदि आउनुस् ।
आउनुस्, हजुरबुबा आउनुस् । आउनुस् अंकल आउनुस् ।
हामी ऐना देखाउछौ, तपाईंको आफ्नो अनुहार देखाउनुस् ।
आउनुस । आउनुस ।”
दिनभरी हामी आउनेहरुलाई ऐना दिन्छौ । उनिहरु आफ्नो अनुहार हेर्छन । मुख बङ्गाउछन, दाँत इँ गर्छन, कपाल मिलाउछन..। हामी तिर हेरेर हास्छन- अनि जान्छन् ।
“अनि लेखक जि । तपाईं पनि आफ्नो अनुहार हेर्नुहोस् । समाजलाइ समाजको अनुहार देखाउन कति लागि पर्नुहुन्छ ?” कुइनोले घुच्च हान्छे मलाई । मलाई उस्को त्यो चाला ज्यादै मोहक लाग्च । मादक लाग्छ ।
मलाई उस्को कुराले घोच्छ । म समाजलाई तेरो अनुहार यस्तो छ है, तँ यस्तो देखिन्छस् भन्दै लेख्छु । …तर ..!
मैले आफ्नो छुटेको अनुहार खोजे । भेट्टाउन खोजे,…अहँ सकिन ।…मेरो छुटेको अनुहार खोज्न नासिकाले मलाई मद्दत गर्न सक्छे । … मेरो यो कुण्ठा सहित म आज उसको सामू आइपुगेको रहेछु ।
मेरो हातको ऐना खोसेर ऊ सो ऐना म तिर फर्काइदिन्छे ।
अनन्त: एकफेर फेरि ऐनामा म आफ्नो अनुहार हेर्छु । हत्तेरी…उसको साम्मुख पर्ने बित्तिकै मैले आफुलाई बिर्सिएछु । आफ्नो अनुहार बिर्सिएछु ।…. दारी बढ्न भ्याइसकेछ । कपाल घुमृएछन । आँखा पनि रातो भएछ । नाकको प्वालबाट रौं सानका साथ बाहिर निस्किएको रहेछ… आफैलाई चिन्न धौं धौं पर्यो ।
तर एउटा कुरा, ऐनामा बिल्कुलै अर्कै देखिएको थिए । खुसी जस्तो, हर्षित जस्तो.. पक्कै उसँगको साथको करामत हुदो हो ।
के कसैको साथ यत्ती सार्थक हुन्छ ? स्वयं आफू नै आफुलाई प्रिय लाग्ने, राम्रो लाग्ने ?
अरु मान्छेहरु आइरहेछन, गइरहेछन…। मलाई उसँग यत्ती छिट्टै हामी कसरी नजिक भयौ भनेर सोध्न मन भइरहेछ ।
“तिम्लाई लाग्दैन यति छोटो समयमा ..?”
याँ ! आइ नो । वुई विकेम सो क्लोजर, मोर नियरर,…मस्ट नियरेस्ट । हाम्रो मुटू एक-अर्कालाई बुझीरहेछ ।.. होइन ? तपाइँलाई यस्तो लाग्दैन ?” मैले बोल्नै आँटेको कुरा उ फटाफट बोलिदिन्छे । म हायकायल हुन्छु ।
ऊ फेरी भन्छे, ” मिस्टर पोइट, मेरो बारे एउटा कविता लेख्नुहोस् न !”
“तिमीमाथि के कविता लेख्नु ? कविता कुरुप चिजको सुन्दर व्याख्या हो ।”
“र, सुन्दर चिजको कुरुप व्याख्या पनि त हो”, ऊ थप्छे ।
“म को हुँ झैं लाग्छ ?”
“अ राइटर ।”
“त्यसबाहेक ?”
“एन अनार्किस्ट । ”
अराजक !.. यो उस्ले कसरी थाहा पाई ?
एकदमै फरक । बिल्कुलै भिन्दै । ऊ जस्तो कोहि छैन, कोहि हुनै सक्दैन । मलाई यस्तै लाग्यो ।
यसो भनिरहँदा मैले यो पनि भन्नुपर्नै हुन्छ- म उसलाई प्रेम गर्न थालेको थिए ।
अँ प्रेम, दोश्रो भेटमै प्रेम ।
प्रेम यस्तै हुन्छ- भइहाल्छ ।
…हुँदो रहेछ- मलाई भयो ।
यसो भनिरहँदा मैले यो पनि भन्नुपर्नै हुन्छ- म उसलाई प्रेम गर्न थालेको थिए ।
अँ प्रेम, दोश्रो भेटमै प्रेम ।
प्रेम यस्तै हुन्छ- भइहाल्छ ।
…हुँदो रहेछ- मलाई भयो ।
“तिमिलाई प्रेम के हो झै लाग्छ ?”, सोधेँ ।
“त्यस्तो केही होइन, आफुलाई पोख्ने बाहाना हो । एक सुन्दर बाहाना ।”
“र, प्रेमी ?”
अलरिचित बटुवाहरु । जसलाई समाजले चिन्न सक्दैन, या भन्नुस चिन्न मान्दैन । बुझ्न सक्दैन । यिनिहरु परिचय बिहिन हुन्छन, गन्तव्य बिहिन हुन्छन् । यिनिहरु एकाअर्कालाई प्रेम गरेर आफुलाई चिन्छन, आफुलाई पाउछन् ।”
मलाई फेरि पनि उसले चुप बनाई ।
हामी लगभग साँझसम्म बसेयौ त्यहाँ ।
उसले मलाई जान भनी ।
मैले सँगै निस्क्यौ, कहि बसेर एक्स्प्रेसो पिउला पनि भनेको थिए ।
तर उसले भनी, “म नजिकै बस्छु, तपाईं जानुस । जानुस भन्या अबेला हुन्छ फेरि ।” (धक्का मार्छे, म अलि पर हुत्तिन्छु)
“ए अनि सुन्नुहोस् त लेखक जि । तपाईं भोलि पनि आउनुहुन्छ ?”
म यो मौका किन गुमाउन चाहन्थे ।
” नआउला र ?”
उसको हासों । उसको ओठमा एक थुंगो लाज खिलखिलायो ।
तेस्रो दिन
कहिले बिहान होला भनिरहे ।
यता पल्ट्यो, उता पल्ट्यो, …भुइमा लड्यो, फेरि उठ्यो, घडी हेर्यो…।
भित्तामा अढेस लायो, फेरि खुट्टा दोबार्यो, घडी हेर्यो…।
फेरि तन्कायो, चुरोट तान्यो,ऐना हेर्यो, दारी सुम्सुमायो, घडि हेर्यो…।
जुँगा बङ्गायो, नङ टोक्यो, पानी खायो, फेरि चुरोट खायो, फेरि सुत्यो, आँखा चिम्म गर्यो, फेरि उघार्यो, फेरि घडी हेर्यो…।
….रात मरिगए कट्दैन ।
०००
ब्युझदा बिहानले कुखुरी काँ अगि नै गरिसकेछ ।
हत्तपत्तै उतै लागे ।
कुरे..केइबेर उसलाई ।… आउनेबेला हुँदै छ, आउली ।
कुरे अझै केइबेर,…। आउछे, आउनेबेला हुँदै छ, आउछे ।
फेरि अझै बेर कुरे,…। आज ढिलो निस्किन आटिँ होलि । पक्कै आउछे, नआएर त का जान्छे र ?
…
उठ्न अबेला गरि होलि । आउछे…
आउन पर्ने हो । .. आउछे । आउदै होलि ।
आउदैछे.. अब त आइपुगिहाल्छे ।…
केइ समस्यामा पो परेकी ? होइन होइन… आउदै छे ।
…
दिउँसो यत्तिकैमा गयो । पर्खदा पर्खदै पर्खाई मलाई मेरो विश्रामको थकाइ लाग्यो । ऊ आएकी होइन….
मान्छेहरुको भिड बाक्लिदै छ । साझ पर्ने सुरसारमा छ । बत्तिहरु बल्न थालेको छ ।…
साझ पनि पर्यो । नपुंसक घाम एकफेर फेरि पहाडको फरिया मुनि लुक्न पुग्यो । बत्तिहरु प्राय: सबै बलिसके ।
ठमेल राती तरुनो हुन्छ । मातिन्छ । झनै युवक हुन्छ ।
अह.. ऊ आइन । उ आउदै आइन । १० घन्टा भयो, उसलाई कुरेको । कुरि नै रहेछु, ऊ आउन्न ।
ठमेल तरुनो भयो । मात्तियो । झनै युवक भयो । …ऊ आइपुगेकी छैन ।
निराश भए । मनमा विभिन्न कुराहरु आउदा भए जाँदा भए । जति आउथे सब नकारात्मक आउथे । जति जान्थे ती पनि नकारात्मक नै हुन्थे ।
मन अत्तालियो । के गरु कसो गरु कि स्थिति आइपुग्यो । अलि पर पर: सम्म पुगे । उसलाई खोजे…कहि देखिइन ।
कता गैइ ? के भयो उस्को साथ ? आखिर कसरी हराई ? किन आइन आज ? सधै त आउथी? आजै चाहिँ किन आइन ? कहाँ गैइ उ ? किन गैइ ? कसैले केइ पो गर्यो कि ? कस्ले…? कस्ले के गर्यो ?
मैले पो केइ नराम्रो भनिदिए कि ? तर के..? मैले के नराम्रो भनेको थिए र ?
कहाँ चाहिँ होलि ? किन आइन आज ?
मेरि नासिका कहाँ हराइस तँ ? कहाँ छेस् त ? तेरो प्रेमी तलाई कुरिरहेछ । नासिका…किन आउन्नस तँ ?..
मलाई लथालिङ्ग बनाएर कहाँ लुकिस तँ ? कोसँग भागिस ?
…. तैले मलाई छोड्न पाउन्नस्…, तलाई म मरिगए छोड्दिन ।
रात आयो, उ आइन ।
आकाशमा जुन आयो, ऊ आइन ।
ठमेलमा रौनक आयो, ऊ आइन ।
झरि पनि आयो(पर्यो), ऊ आइन ।
रातको ९ बजेको छ । म उसैको प्रतीक्षामा छु । उसलाई नै खोजिरहेको छु, आउनेजानेहरुसँग सोधिरहेको छु ।
‘त्यो ऐनाको स्टल, ऐना फिजाएर बस्थी नि त्यो केटि खोइ ? तपाईंले देख्नुभाछ ?’
कसैले पनि देखेको छु भनेनन् । कसैले पनि उस्को बारे केहि भनेनन् ।
आकाशमा ताराहरु थिए । चन्द्रमा थियो । पुर्णेको रात थियो अघिसम्म । अब अचानक झरी किन परिरहेछ ? मलाई किन लागिरहेछ आज औसिको रात हो ?…अन्धकारको रात हो ?…
संसारमा अँध्यारो मात्रै छ । उज्यालो छैन कहि पनि । मनको दियो निभ्नै आटिँसक्यो, सलेदो उकास्न तँ कैले कतिखेर कहाँबाट आउछेस् ?
नासिका तँ कतिखेर आउछेस् ? कताबाट आउछेस ?
संसारमा अँध्यारो मात्रै छ । उज्यालो छैन कहि पनि । मनको दियो निभ्नै आटिँसक्यो, सलेदो उकास्न तँ कैले कतिखेर कहाँबाट आउछेस् ?
नासिका तँ कतिखेर आउछेस् ? कताबाट आउछेस ?
अनेक अनेक नामको रेस्टुरा र क्लबमा रोमान्टिक गितहरु बजिरहेछन् । कत्ती पनि रोमान्टिक छैनन् यिनिहरु ? सब कारुणिक छन् ।
रातको १२ बज्यो ।… ऊ आएकी होइन् । उसँग भेट नभएको, उसलाई नदेखेको ठ्याक्कै ३० घन्टा भयो । १ दिन ५ घन्टा ५५ मिनेट ३५ सेकेन्ड ।…. उफ्फ…यो पर्खाई । यो तड्पाई ।…
आखिर कहाँ छेस तँ ? अरुलाई ऐना देखाउथीस्, आफै अनुहार लुकाएर कहाँ भागीस् ?
म त बस् प्रेम न गर्थे तलाइ । मेरो प्रेम टुक्राएर कहाँ गइस् तँ?
झरीको ‘झनझन’ झनझन गनगने हुन थालेको छ । झरी दर्कीरहेछ । सडक सफ्फा देखिन थालेको छ । शहर नुहाउदै छ । …शहरमा विभिन्न फुलहरु फुलेका छन् । झरि परेर हर एक फुल मुस्कुराएका छन् । सब फूललाई झरिसँग प्रेम छ ।
तर मलाई तैले सुर्यमुखी फुल बनाइदिस् । म कसरी मुस्कुराउ ? म कसरी रमाउ ?…. भन् ए नासिका तँ कहिले आउछेस् ? आउदिनस् र ?…. आउछेस् नि है ? …भन् त कताबाट आउछेस् ? कतिखेर आउछेस् । … म रुझिसके । म ओइलाइसके ।
०००
“हेलो दाजु ।” एउटा जगल्टे केटो मेरो साम्मुख एक्कासि देखिन आउँछ ।
म रिस भरिएको अनुहार उ तिर फर्काउछु ।
“त्यो केटि…त्यो ऐना…”
“अँ, त्यो ऐना वाली केटि । काँ छे ? तिम्ले देखेका छौ ? भन न का छे ? कस्ती छे ? ठिक छे नि ? तिम्ले देखेका हौ ? काँ छे ? भन न , भन न.. कहाँ देखेयौ तिम्ले ?”
“दा…दा..दा…ईईइ…. त्यो केटिलाई त…”
“के ?… के ? त्यो केटिलाई के…? कस्ले के गर्यो उसलाई… ? उ ठिक छे नि ? भन न, भन…..उसलाई के भयो ?…..कहाँ छे ऊ ? ”
“उसलाई त पुलिसले लिएर गयो । ”
“कहाँ….? कहाँ लिएर गयो ? ”
“खै दाजु त्यो त म जान्दिन… तर एउटा मोटरसाइकलले ठक्कर हानेछ । पुलिसहरु आएर एम्बुलेन्समा हालेर लगे ।”
किन रे त्यसको आँखा रहेनछ ? विचार गर्न पर्छ नि हिड्दा ?.. हेरेर हिड्नुपर्च नि ? …आँखा नहेरी के खान हिडेकि ?…आँखा खल्तीमा राखेर हिड्या थि रे ??”
मेरो रिसको सामु उ लथरक्क पर्यो । सुस्तरि मुन्टो झुकाएर यत्ती बोल्यो, “बिचरी अन्धी रहिछे…मोटरसाइकल आएको देखिनछे ।” त्यसपछि उसले केके भन्यो मैले केइ सुनिन ।
“बिचरी अन्धी रहिछे…,
चरी अन्धी रहिछे…,
रि अन्धी रहिछे…,
अन्धी रहिछे…,
न्धि रहिछे…,
धी रहिछे…,
रहिछे…,
हिछे…,
छे…,
… ।
…”
“बिचरी अन्धी रहिछे…,
चरी अन्धी रहिछे…,
रि अन्धी रहिछे…,
अन्धी रहिछे…,
न्धि रहिछे…,
धी रहिछे…,
रहिछे…,
हिछे…,
छे…,
… ।
…”
उस्को आवाज ताररार गुन्जीरहेछ । मस्तिष्क शुन्य भएको छ । केइ सोच्न सकेको छैन ।
आँखा खुल्लै छन, तर लागिरहेछ देख्न पर्ने केइ बचेकै छैन ।
सास दौडिरहेछ- तर लगिरहेछ रोकिए न बेस् हुन्छ ।….
मैले सब्बैलाई बिर्सिए ।….मैले सब्बै चिज बिर्सिए ।….
झरी अझै बेस्सरी झरिरहेछ । म माथी झरी झम्टिरहेछ । मलाई आसुले लखेटिरहेछ ।…मलाई झरिले झम्टिरहेछ….झम्टिरहेछ मलाई आसुले लखेटीरहेछ ।
…लखेटिरहेछ….!