Logo

सुडानका प्रदर्शनकारी विद्यार्थी माथी अश्रुग्यास प्रहार



Spread the love

१२ असार, खार्तुम – सुडानको राष्ट्रपति कार्यालय नजिकै सैन्य सरकारविरुद्ध प्रदर्शन गरेका विद्यार्थीहरुलाई प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

उनीहरुले सरकार प्रमुख समेत रहेका सैनिक अधिकारीविरुद्ध नारावाजी गरेपछि प्रहरीले बिहीबार अश्रुग्यास प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

पूर्व शासक ओमर अल बशिरलाई गत अप्रिल ११ मा अपदस्थ गर्दै नागरिक सरकार बनाउनुको सट्टा सेनाले आफै सत्ता हातमा लिएको भन्दै विद्यार्थीहरूले प्रदर्शन गर्दै आएका छन् ।

उनीहरुले स्वतन्त्रता, शान्ति, न्यायको माग गर्दै नारा लगाएका थिए । प्रदर्शनमा बैङ्किङ कलेजका समेत गरी विभिन्न कलेजका तीन सयभन्दा बढी विद्यार्थी सहभागी भएको प्रत्यक्षर्शीहरुको भनाई छ ।

विरोध र्यालीमा सहभागी भएका अधिकांश विद्यार्थीहरूले व्यानर तथा प्लेकार्डहरु प्रदर्शन गर्दै नागरिक शासनको माग गरेका थिए ।

प्रदर्शनकारीहरुको साझा संस्थाको रुपमा रहेको एलाईन्स फर फ्रिडम एण्ड चेन्जले यही जुन ३० तारिखका दिन राजधानी खार्तुमसहितका सहरहरुमा सैनिक शासकका विरुद्धमा बृहत प्रदर्शनका लागि आह्वान गरेको छ ।

यही जुन ३ तारिखका दिन दर्जनौ मारिएको र सयौँ घाइते हुनेगरी भएको प्रदर्शनपछि यो उनीहरुको पहिलो पटक देशव्यापी प्रदर्शन गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्