Logo

प्लाष्टिकको झोला स्थागित कपडाका झोला सञ्चालन



Spread the love

 

१२ असार, तुलसीपुर l घोराही उपमहानगरपालिकाले प्लाष्टिकका झोला प्रयोगलाई स्थागित गरी कपडाका झोला प्रवर्द्धन गर्न तालिम आयोजना गरेको छ ।

उक्त तालिम उपमहानगरले नारी सीप विकास संस्थामार्फत कपडाका झोला बनाउने र बजारमा पुर्‍याउने उद्देश्यले सञ्चालन गरेको हो l गत दिन देखि सुरु भएको तालीममा विभिन्न वडाका महिला सहभागी भएका छन् ।

प्लाष्टिकले वातावरण र मानवीय स्वास्थ्यमा पार्ने असरबारे सचेत हुन् र त्यसको प्रयोग हटाउँदै वातावरणमैत्री झोला प्रयोग
अहिलेको आवश्यकता भएको नगर प्रमुख नरुलाल चौधरीले बताएका छन् l

कपडाको झोला प्रयोग गर्न थालेपछि रोजगारी र आर्थिक उपाजर्नमा पनि यसको सहयोग पुर्‍याउने प्रमुख चौधरीको भनाइ थियो ।

सानो लगानीमा वातावरण र मानवीय स्वास्थ्यमा प्रभाव पार्नाका साथै आयआर्जनसमेत हुने भएकाले सो तालीम आयोजना गरिएको नारी सीप विकास संस्थाका अध्यक्ष विष्णु थापाले जानकारी दिइन l

प्रतिक्रिया दिनुहोस्