Logo

मदन जयन्तीको अवसरमा नेकपाद्वारा विचार गोष्ठीको सञ्चालन



Spread the love
 

१२ असार, काठमाडौँ l यही असार १४ गते मदन जयन्तीको अवसरमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले विचार गोष्ठीको सञ्चालन गर्ने भएको छ ।

उक्त आयोजना १४ गते २ बजे राष्ट्रिय सभा गृहमा गरिनेछ l सो कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुने प्रधानमन्त्रीका सल्लाहकार डा. राजन भट्टराईले ट्विट गर्दै जानकारी गराए l

आयोजित कार्यक्रममा अन्य राजनीतिक नेताहरू समेतले सम्बोधन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्