१२ असार, काठमाडौँ l नेपाल कम्युनिस्ट पार्टीका सरकारमा रहेका छ जना मन्त्री फेर्ने सहमति भएको छ । नेकपाका दुई नेता प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच छ जना मन्त्री बदल्ने विषयमा वार्ता भइरहेको छ l
उक्त मन्त्री हेरफेरका लागि दुवै अध्यक्ष अहिले गृहकार्यमा जुटिरहेका छन् l मन्त्रीहरूको कार्यसम्पादनका आधारमा हटाउन लागिएको बालुवाटार स्रोतले जनाए l
मन्त्री फेर्ने सहमति भएता पनि कुन कुन मन्त्री हटाउने भन्ने सम्बन्धी स्रोतले केही खुलाएन । कुन चाही मन्त्री हटाउने भन्ने विषयमा नै दुई नेता छलफलमा जुटेका छन् l मन्त्री बन्न चाहने सांसदहरूलाई दुई अध्यक्षले वार्तालापको लागि डाकिएको स्रोतले जानकारी दिए l
अध्यक्ष प्रचण्डले मन्त्री बन्न आकाङ्क्षी सांसदहरूलाई खुमलटार बोलाएका छन् भने प्रधानमन्त्री ओलीले मन्त्री बन्न चाहने सांसदहरूलाई बालुवाटार बोलाएको स्रोतले बताएका छन् l