१२ असार, अतरिया l नेपाल कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीमबहादुर रावलले सरकारले आफ्ना काम कारवाहीको समीक्षा गरी अघि बढ्नुपर्ने बताए ।
नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा रावलले पार्टीले सरकारका मन्त्रालयको काम कारवाहीको समीक्षा गर्नुपर्ने धारणा राखेका छन् l
पार्टीको सम्बन्धित निकायमा मन्त्रालयगत रूपमा सरकारका समग्र कामको मूल्याङ्कन र समीक्षा गरिएमा सरकारका मन्त्रिमण्डल फेरबदल गर्ने वा नगर्ने बारेमा भन्न सकिने इन्चार्ज रावलले बताए l
सरकार फेरबदल सम्बन्धित कुनै पनि जानकारी नभएको भन्दै रावलले जरुरतका आधारमा पार्टीले सो विषयमा गहन वार्ता गर्ने उल्लेख गरेका छन् ।
सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्ला कमिटीले पूर्णता पाइसकेको जानकारी गराउँदै ९ वटै जिल्ला कमिटीका पदाधिकारीको शपथग्रहण कार्यक्रम पनि सम्पन्न भइसकेकोले अब पार्टीका भातृ सङ्गठनको एकीकरण कामलाई तीव्रता दिइने इन्चार्ज रावलले बताए l