Logo

बाबुछोरीको शव, जसले विश्वलाई रुवायो



Spread the love

असार ११, काठमाडौं । सामाजिक सञ्जालमा यतिबेला एउटा यस्तो तस्बिर भाइरल भईरहेको छ जसलाई हेर्दा जो कोहीको आँखा रसाउने छ ।अमेरिकी–मेक्सिकन बोर्डर नजिकैको रियो ग्रान्डमा देखिएको बाबुछोरीको शवले त्यहाँको शरणार्थीको अवस्था पनि प्रस्टै पारेको छ , जुुन निकै विरक्तलाग्दो छ ।

आइतबार जब उनी नदी पार गरिरहेका थिए तब नदीको किनारामा बसेर आफ्नी श्रीमतीलाई प्रतीक्षा गरिरहेका थिए । तर, अचानक उनकी छोरी बेलेरिया पानीमा खसिन्।

छोरीलाई बचाउन उनी पनि नदीमा हाम फाले ।छोरीलाई बचाउनका लागि उनी बगिरहे । जब छोरीलाई समात्न सफल भए तब उनी यस्तो स्थानमा पुगिसकेका थिए जहाँबाट बाहिर निस्कन मुश्किल थियो । यसैकारण उनी छोरी र आफूलाई बचाउन सकेनन् ।

यसपछि बालिकाकी आमा अर्थात् कुर्दीकी श्रीमती विक्षिप्त बनेकी छन्।

 
 

प्रतिक्रिया दिनुहोस्