११ असार, काठमाडौँ l विनियोजन विधेयक २०७६ सङ्घीय संसद्को राष्ट्रिय सभामा प्रस्तुत भएको छ । आज बसेको राष्ट्रिय सभाको दोस्रो बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विधेयक प्रस्तुत गरेका हुन् ।
अर्थमन्त्री खतिवडाले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयक २०७६ माथि विचार गरियोस् भनी गरेको प्रस्ताव प्रस्तावमाथि बैठकमा सैद्धान्तिक छलफल गरी बहुमतले स्वीकृत गरिएको हो ।
विनियोजन विधेयकका विभिन्न शिर्षकहरु माथिको वार्ता र मन्त्रीहरूको जवाफका लागि असार १५ देखि २४ गते सम्मको समय तोकिएको छ । राष्ट्रिय सभाको पहिलो बैठकमा सभाका सचिव राजेन्द्र फुयाँलले ‘विनियोजन विधेयक २०७६’ सभा समक्ष पेस गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्