११ असार, काठमाडौँ l लागु औषधबाट जोगिन सबै नागरिकहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरे ।
लागु औषध विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज ट्विट गर्दै प्रधानमन्त्रीले भने, ‘‘लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा प्रतिज्ञा गरौँ– पृथ्वीलाई लागु औषधको अवैध ओसारपसार तथा दुरुपयोग बाट मुक्त बनाऔँ ।
आफू वरिपरिका सबैलाई लागु औषधले जीवनलाई कसरी वर्वाद बनाउँछ भन्ने बताऔँ, सचेतना फैलाऔँ । लतमा लागेकालाई सुध्रिन प्रेरित गरौँ ।’’
प्रतिक्रिया दिनुहोस्