११ असार, काठमाडौं । ब्राजिलियन सुपरस्टार नेयमारले क्याटलान क्लब बार्सिलोनासँग ५ वर्षको लागि सम्झौता गर्ने भएका छन् ।
नेयमारले पीएसजीमा रम्न र जम्न नसकेपछि आफ्नो तलबमा ५० प्रतिशत कम गर्दै बार्सिलोना फर्कन चाहेका हुन् । सन् २०१७ मा उनी विश्वकै सर्वाधिक महँगा खेलाडी बन्दै फ्रान्सेली क्लब पीएसजी पुगेका थिए । नेयमारले पीएसजीमा मैदानभित्र राम्रै प्रदर्शन गरेपनि मैदानबाहिर भने उनले सोचेअनुरुपको प्रदर्शन दिन सकेका छैन । लगातार चोट र क्लबका खेलाडीहरुसंग सम्बन्ध राम्रो नहुदा त्यति जम्न सकेनन् ।
२७ वर्षीय नेयमार आफैंले बार्सिलोना फर्कने इच्छा व्यक्त गरेपछि अहिले दुवै क्लब उनको ट्रान्सफरको लागि वार्तामा रहेका छन् ।
नेयमारको लुइस सुआरेज र लिओनेल मेस्सीसँग अझैपनि राम्रो सम्बन्ध रहेको र उनले दुवै खेलाडीलाई आफू अर्को सिजन बार्सिलोनाबाट खेल्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्