१० असार, तनहु । तनहुँको म्याग्दे गाउँपालिका–२ पातीचौरमा राति करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा २८ वर्षीया सीता थापा रहेकी छिन् । उनको बिजुलीको होल्डर सार्ने क्रममा करेन्ट लगेर गम्भीर घाइते भएकी थिइन् । घाइते उनको रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिईएको छ ।
थापाको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्