Logo

गृहमन्त्रीलाई सांसदको प्रश्नः इन्काउन्टर नै हो भने छानबिन किन ?



Spread the love

१० असार, काठमाडौँ l नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ता सर्लाहीका इञ्चार्ज कुमार पौडेलमाथि गोली प्रहारसम्बन्धी विषयलाई लिएर संसदीय समितिमा प्रश्न उठ्ने क्रम आज पनि जारी नै छ ।

गृहमन्त्री रामबहादुर थापाले यस घटनालाई इन्काउन्टर बताएता पनि छानबिन गर्छु भनेर विरोधभाषपूर्ण अभिव्यक्ति दिएको सांसदले आरोप लगाएका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिँदै सांसद रामबहादुर विष्टले भने, ‘गृहमन्त्रीले एकातिर इन्काउन्टरमा मारिएको भन्ने, अर्कोतिर छानबिन समिति गठन गर्न सकिन्छ भन्नुको अर्थ के हो ?’ सांसद विष्टले सुरुमा आंतककारी समूह भन्ने र पछि राजनीतिक शक्ति भन्ने विगत सम्झाउँदै देशभरि यस्ता घटना कहाँ–कहाँ भइरहेका छन्, जानकारी गराउन माग गरेका छन् l

नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ता इञ्चार्ज कुमार पौडेलको ‘इन्काउन्टर’ नभई हत्या भएको सांसदहरूले बताएका छन् l सांसद् रामेश्वर राय यादवले प्रश्न गरे, ‘हरेक अपराधमा सजाय गर्ने कानुन हुँदाहुँदै हत्याको बाटो किन रोज्यो ?’

सरकारले निर्वाध रूपमा बाँच्न पाउने अधिकार हनन गरेको उनको भनाई छ l उक्त घटनाको कृति र प्रत्यक्षदर्शीको भनाइ सुन्दा हत्या नै भएको देखिएको यादवको भनाइ छ l

संसद्को राज्य व्यवस्था समितिले सोमबार घटनाको छानबिन गरेर एक साताभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्