१० असार, काठमाडौँ l नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता देवेन्द्र पौडेलले पार्टीभित्र असमझदारी बढेको बताए ।
पौडेलले पार्टीमा अलमल देखिएको अपनाउँदै केही असझदारी भने बढेको बताएका हुन् l उनले दुई अध्यक्षबीच भएको सहमतिको पालना हुने विश्वास गरेका छन् l
पौडेलले पार्टीको नेतृत्व, सरकारको नेतृत्व, राजनीतिक प्रतिवेदन, काम बाँडफाँड लगायतका विषयमा सहमतिबाटै अगाडि बढ्ने दाबी गरे l
अहिलेसम्म भइरहेका कार्य सहमतिबाट भएको हुनाले कसैले दुई अध्यक्षबीच कुनै पनि सहमति नभई पार्टी एकता भएको भन्छ भने त्यो गलत भएको पनि उनले बताए l
५ वर्षको सरकारलाई प्रभावकारी बनाउन जनताले कामको प्रत्याभूति हुने गरी अगाडि बढ्न आवश्यक भएको बारेमा पार्टीमा गम्भीर रूपले कुरा उठेको पौडेलले बताएका छन् ।
सरकारको प्रभावकारिताका लागि मन्त्रिमण्डल हेरफेर गर्ने आवश्यकता देखिएको भन्दै जनताका सुझावलाई लिएर अगाडि बढ्न आवश्यक भइसकेको उनले बताए । पौडेलको जनताले आलोचना गरिरहेको अवस्थामा त्यस सम्बन्धित पार्टी गम्भीर हुनु पर्नेमा जोड छ ।
उनले मिडिया विधेयक, मानवअधिकार विधेयक र गुठी विधेयकबारे विरोध आउँदा जनतामा वार्ता गरेर मात्र ल्याइएको भए बेश हुने रहेछ भन्ने स्मरण भएको बताए l तर पौडेलले यस विषयलाई विपक्षीहरूले बढी नै उचालेको आरोप लगाए l