Logo

‘६५ वर्ष पुगेका नेताले पार्टी नेतृत्व युवालाई छाडौं’



Spread the love

९ असार, काठमाडौँ l ६५ वर्ष उमेर कटेका नेताहरूले पार्टीबाट नेतृत्व छाड्नुपर्ने नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले बताए ।

युवालाई पार्टीको नेतृत्वमा पुर्‍याउन ६५ कटेका नेताले नेतृत्व हस्तान्तरण गर्नुपर्ने सिटौलाको भनाइ छ । उनले पार्टीलाई सङ्गठित र एकतावद्ध पार्टीका रूपमा पुर्‍याउन आग्रह गरेका छन् ।

आज काठमाडौँमा भएको देशको परिस्थिति र नेपाली काँग्रेसको भूमिका विषयक विचार गोष्ठीमा उनले भने, ‘६५ नाघेका हामीजस्ताले पार्टी नेतृत्व युवालाई हस्तान्तरण गर्नुपर्छ l युवा साथीहरूले विचार र सङ्गठनले हामीलाई जित्नुहोस्।

‘सत्ता गलत बाटोमा हिँडिराखेको छ। काँग्रेस कमजोर बाटोमा छ,’ उनले भने, ‘सच्चिएर गएनन् भने यी दुवै राज्यका हितमा हुँदैनन्।’ उनले देशको राजनीति पछिल्लो समय समाजवाद उन्मुखभन्दा राजनीतिक हिसाबले दुर्घटना उन्मुख रहेको बताएका छन् ।

गुठी विधेयकको विरोधमा उत्रिएको प्रदर्शनले प्रधानमन्त्री केपी शर्मा ओलीको चेत खुलेको सिटौलाको भनाइ छ l उनले पार्टीभित्र एकता नभएको उल्लेख गर्दै मूल्याङ्कनको आधारमा न्यायपूर्ण तवरले एकता थाल्नुपर्ने बताएका छन् ।

सिटौलाले भने, ‘काठमाडौँमा बसेर सङ्गठन विस्तार हुन्न, बीपीले भनेझैं गरिब कहाँ काँग्रेस पुग्न सकेन।’

प्रतिक्रिया दिनुहोस्