Logo

‘मारिएका विप्लव नेकपाका नेता पौडेल अन्य अपराधमा पनि संलग्न’



Spread the love

९ असार, काठमाडौँ l  प्रहरी कारवाहीमा मारिएका विप्लव नेकपाका नेता कुमार पौडेल अन्य अपराधमा पनि संलग्न रहेको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दाबी गरे ।

सिंहदरवारमा आज बसेको राज्य व्यवस्था समितिको बैठकमा महानिरीक्षक खनालले मारिएका पौडेलको पृष्ठभुमी आपराधिक रहेको बताएका छन् ।

खनालले भने, ‘पौडेलमाथि विभिन्न आपराधिक गतिविधि विरुद्ध उजुरी परेको थियो l उनी पटक पटक पक्राउ परिसकेका व्यक्तिसमेत हुन् । ‘काठ तस्करीको अभियोगमा पनि परेका थिए।’

उनी राजनीति आवरणमा आपराधिक क्रियाकलापमा लागेको र स्थानीय व्यवसायीलाई चन्दा मागेर आतङ्कित पार्ने काम पौडेलबाट हुँदै आएको पनि खनालले सुनाएका छन् l

प्रतिक्रिया दिनुहोस्