९ असार, काठमाडौँ l गृहमन्त्री रामबहादुर थापाले प्रहरीसँगको मुटभेडमा मारिएका कुमार पौडेलको घटनाबारे छानबिन हुने प्रतिबद्धता प्रकट गरे ।
सङ्घीय संसद् राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज पौडेललाई मुटभेडमा नभई नियन्त्रणमा लिई मारिएको हो भन्ने कुरा सांसदले उठाए पश्चात् मन्त्री थापाले छानबिन गर्ने आश्वासन दिएका हुन् ।
गृहमन्त्री थापाले भने, ‘मुटभेडबाट विप्लवका नेताहरूलाई समाप्त पार्ने सरकारको नीति होइन। युद्ध नीति पनि कसैलाई नियन्त्रणमा लिएर मार्ने होइन l सांसदहरूले दिएका सुझावमा ध्यानाकर्षण भएको छ। मुटभेडका नाममा समाप्त पार्ने निर्देशन सरकारले र प्रहरी नेतृत्वले दिएको छैन। यो घटना विशिष्ट किसिमले आएको छ। यसको छानबिन हुन्छ।’
प्रतिक्रिया दिनुहोस्