Logo

‘प्रहरीले स्वयंमको रक्षाका लागि गोली चलायो’



Spread the love

९ असार, काठमाडौँ l गृहमन्त्री रामबहादुर थापाले विप्लपका कार्यकर्ता कुमार पौडेलले प्रहरीलाई हमला गरेका कारण स्वयंमको रक्षाका लागि प्रहरीले गोली चलाएको जनाए ।

संसदीय समितिको राज्य व्यवस्था तथा सुशासन समितिमा घटनाको जानकारी दिन उपस्थित भएका गृहमन्त्री थापाले प्रहरीले आत्मरक्षाका लागि पौडेललाई गोली चलाएको बताएका हुन् ।

गत असार ५ गते लालबन्दीमा जबरजस्ती चन्दा माग्ने र जनमानसमा त्रास फैलाउन विप्लव समूह सक्रिय रहेको भन्ने जनगुनासोको आधारमा प्रहरी गस्तीले निगरानी बढाएका थिए l

प्रहरी गस्ती रहने क्रममा सोही स्थानमा अन टेष्ट लेखिएको दुईवटा मोटरसाइकलमा आएका ४ जनाले प्रहरी टोली देख्नासाथ गोली चलाएको र प्रहरीले पनि आत्मरक्षाका लागि गोली चलाएको जनाए ।

उक्त घटनाको क्रममा प्रहरीको गोली लागेर विप्लव समूहका नेता कुमार पौडेल मारिएको मन्त्री थापाले समितिलाई जानकारी गराएका छन् l

सोही घटनामा अर्का एक जनालाई पनि गोली लागेको र गोली लागेको व्यक्ति र अन्य दुई जना जङ्गलतर्फ भागेको र उनीहरूको खोजी जारी नै रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्