Logo

‘दुई अध्यक्षकै सहमतिमा पार्टी चल्ने’



Spread the love

 

९ असार, काठमाडौँ l नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको सहमतिको विषयलाई लिएर चिन्ता नलिन आग्रह गरे ।

दुई अध्यक्षकै मोडलमा पार्टी अगाडि बढेको हुनाले दुई अध्यक्षकै सहमतिमा पार्टी चल्ने बताउँदै त्यसबारे चिन्ता लिन आवश्यकता नभएको उपनेता नेम्वाङले बताएका हुन् ।

उनले दुई अध्यक्षबीच बाहिर हल्ला भएजस्तो कुनै पनि असमझदारी अहिलेसम्म नभएको पनि दाबी गरे ।

बाहिरी हल्लाको पछि लाग्नुको कुनै तूक नभएको बताउँदै नेम्वाङले भने, ‘मेरो जिम्मेवारी नै त्यस्तै छ कि दुवै अध्यक्षहरूसँग चौबीसै घण्टाजस्तो सँगसँगै हुनुपर्ने अवस्था छ कुनै असहमति भएको मैले पाएको छैन ।’

अध्यक्ष दाहालले समय समयमा सहमति अनुसार पार्टी चल्नुपर्ने बताउँदै आएका छन् भने सहमति अनुसार नै सरकारको नेतृत्व पनि हुने बताएका छन् ।

देशले गति लिन नसकेको र सरकारले काम गर्न नसकेको भन्ने बारेमा नेम्वाङले प्रत्येक क्षेत्रमा भएको अस्तव्यस्ततालाई मिलाउन समय लाग्ने भएकाले अब मिल्दै जाने दाबी गरेका छन् ।

नेम्वाङले भने, ‘समय लाग्छ । छिमेकीसँग हामी राम्रो सम्बन्धमा छौँ । अब विकासले गति लिन्छ ।’

सरकारले विधेयकका लागि संसद्मा पेस गरेपछि जनप्रतिनिधिले आवश्यकता अनुसार कानुन बनाउने भन्दै नेम्वाङले यसमा अवरोध गर्नु उपयुक्त नहुने बताउँदै संविधान विपरीत कुनै पनि कानुनहरू नबन्ने दाबी गरे ।

उनले जनताको भावना र चाहना अनुसार विधेयक बनाउनु पर्नेमा जोड दिए l गुठी विधेयकको हकमा पनि त्यही नै भएको भन्दै उनले काठमाडौँ बाहिरका गुठीलाई सम्बोधन गर्न ल्याइएको नेम्वाङको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्