८ असार, कैलाली । सुदूरपश्चिम प्रदेशसभाको बैठक फेरी दोस्रो पटक स्थगित भएको छ ।
सरकारले आर्थिक वर्ष ०७६/७७ का लागि ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले अवरोध सिर्जना गर्ने देखिएपछि प्रदेशसभा सचिवालयले सूचना टास गर्दै अर्को बैठक आउँदो असार ११ गते बिहान ८ बजे बस्ने गरी स्थगित गरिएको हो ।
यसअघि गत असार ५ गतेको प्रदेशसभा बैठकमा अवरोध सिर्जना भए पछि सभामुखले असार ७ गते सम्मका लागि बैठक स्थगित गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्