Logo

जबरजस्ती करणी गरेको आरोपमा १ अभियुक्त ७ वर्षपछि पक्राउ



Spread the love

८ असार, वीरगञ्‍ज । प्रहरीले बाराबाट जबरजस्ती करणी गरेको आरोपमा फरार रहेका १ अभियुक्तलाई ७ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ का मानबहादुर थिङ रहेको छ । थिङले २०६९ साल मंसिर २९ गते सोही ठाउकी ८ वर्षीया बालिकालाइ जबरजस्ती करणी गरि फरार भएका थिए भने उनलाई काठमाण्डौमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका थिङलाई जिल्ला अदालत बारा अदालतले कारागार कार्यालय बिरगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्