लेखेको हजार चिठी मध्ये
सायद यो चिठी पनि लेख्न सक्थे
नपोखिएका भावहरू ती चिठीमा
यो चिठीमा शायद केही भाव पोख्न सक्थे !
कमजोर तिमी थिइनौ, म थिइन
कमजोर मेरो मुटु रहेछ
कमजोर हाम्रो भाग्य रहेछ ! !
लेखिएका ती हजार चिठीमा
कतिमा तिम्रो सौन्दर्य थियो….. ! !
कतिमा तिम्रो कल्पना थियो….. ! !
कतिमा तिमी परी थियौ…. ! !
कतिमा केही मिठा प्रस्ताव थिए ! !
धेरै चोटि म तिमीलाई प्रेम पत्र लेखिदिन्थे
तिम्रो मुस्कानको लागी झुटा बातहरू लेखिदिन्थे
रमणीय संसारको खोजीमा, दुई चार कविता लेखिदिन्थे
तर……….जे जति लेख्थेँ सब तिम्रा लागी लेखिदिन्थेँ
हेरन…….हिजो आज म केही पनि लेखेको छैन ! !
कतै म जान्दिन केही केही लेख्न….!
एक चिठी तिम्रो नाममा लेख्न मन लागेको थियो
कहिले काहीँ…. !
तिम्रो हातमा थमाएर, हिँड्न मन लागेको थियो
कहिले काहीँ…. ! !
मुटुमा उर्लेका अति गहिरा चोटहरू
पिडामा छट्पटिएर काटेका रातहरूको सँगालो बनाई
एक चिठी लेख्न मन लागेको थियो कहिले काहीँ….. !
एक चिठी तिम्रो मुखमा झटारो हान्न मन लागेको थियो
कहिले काहीँ….. ! ! !
तिमीलाई उदाङ्गा पारेर हिँड्न मन लागेको थियो
कहिले काहीँ……. ! !
एक्लो रात छट्पटाएर बारम्बार रुवाउन मन लागेको थियो
कहिले काहीँ………… ! !
एक चिठी दुखमा चोटको आभास दिलाउन लेख्न मन लागेको थियो
कहिले काहीँ……….. ! !
तर म त्यो चिठी लेख्दिन….. ! !
बरु लेख्छु अझ प्यारा प्रेमले भरिपूर्ण प्रेम पत्र …. ! !
बरु लेख्छु अझ तिम्रो रूपमा आधार रहेर सायरी पत्र …. ! !
लेखक: दृशान्त सापकोटा