Logo

कानुनी चस्माको निगरानीमा घरबुना रक्सी



Spread the love

मुलुकमा विभिन्न समुदाय छन् र तिनका आ-आफ्नै साम्प्रदायिकता छ । आफ्नै धर्म छ । आफ्नै संस्कार छ । लवाइखुवाई देखि पूजाविधि सम्ममा आ-आफ्नोपन छ । परापूर्वकालदेखि चलिआएको रितिरिवाज र रितिरिवाज अनुसार पालन गर्नु पर्ने काम कर्तव्य र दायित्व पनि भिन्न-भिन्न नै छ । नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहु धार्मिक मुलुक हो ।

घरेलु उद्दोग र सरकारको उपेक्षित नजर :

मुलुकमा संस्कारजन्य काम, सिप र कलाको उचित प्रयोग गरि स्थानीयरुपमै सहज उपलब्ध कच्चा पदार्थमा आधारित रही जेनतेन आफ्नो घरपरिवार धानी रहेकाहरुको संख्या बाक्लो छ । सरकारी तथ्यांक अनुसार नेपालको औद्योगिक सञ्जाल निहित साना तथा मझौला उद्दोग करिब ९५ प्रतिशतको हाराहारीमा छन् । करिब ९० प्रतिशत औद्दोगिक रोजगार घरेलु उद्दोगले नै दिलाईरहेको छ । तीन करोडको जनसंख्या रहेको यस मुलुकले वार्षिक ३ लाख नयाँ रोजगारदाता जन्माईरहेको छ । तर श्रम बजारको सहज उपलब्धता एवं उचित श्रम मुल्य नपाउँदा दुइ तिहाइ श्रमजीवीहरु यसै रुमल्लिरहेका छन् ।

उसो त ६० प्रतिशत नेपाली कृषिमा निर्भर छन् । तर कृषि क्षेत्रले मात्रै यत्रो संख्याको श्रम शक्तिलाई धान्ने अवस्था पनि सिर्जित भइसकेको छैन । एकातिर खेतीयोग्य जमिनमा सिमितता छ । अर्कोतिर उर्वरभूमिमा चाउचाउका कार्टुन जस्ता घरहरु ठडिने क्रम रोकिएको छैन् । जसको असर अर्धबेरोजागारीको संख्यामा दिनानुदिन वृद्धि भइरहेको छ । अदृश्य जालो बनिसकेको यस समस्या हल भनेको घरेलु उद्दोगको विकास र विस्तार नै हो । अन्य ठुला उद्दोग संचालनमा ल्याउनु भन्दा पनि स्थानीय रुपमै उपलब्ध स्रोत साधनको सहि उपयोग, उत्पादन, बजार व्यवस्थापनामा ध्यान पुर्याउँदा नै हाम्रो जस्तो विकासोन्मुख देशको अर्थतन्त्रमा टेवा पुग्छ ।

यसो भनिरहँदा यो बिर्सनु हुदैन कि, नेपालमा घरेलु तथा साना उद्दोग स्वस्थ वातावरणमा हुर्कन पाईरहेकै छैन । पुजीगत अभाव, कच्चा पदार्थको अभाव, अप्रशिक्षित र अदक्ष कामदार, आधुनिक यन्त्र उपकरणको अभाव, विदेशी बजारको हस्तक्षेप लगायतका विभिन्न कारणले हाल संचालनमा आइरहेका विभिन्न घरेलु उद्दोगले सन्तोषजनक उपलब्धी हासिल गर्न सकिरहेको छैन ।

यसबाहेक सरकारको अमर्यादित र अल्लारे कामकारबाहीले पनि घरेलु उद्दोगलाई फस्टाउँन दिईरहेको छैन । घरेलु उद्दोगमाथि नै सरकार पटकपटक विस्फोट हुँदै आइरहेको घटनाहरु सार्वजनिक हुँदै आइरहेकै छन्/हुन्छन् । सरकारले हरेक वर्ष छुट्टाउने आर्थिक बजेटमा घरेलू तथा साना उद्दोगलाई सधै उपेक्षित नजरले हेर्ने गरेको देखिन्छ । झन्डै पाँच लाख परिवार सरकारको यस उपेक्षाको शिकार बनिरहेका छन् । मुलुकको ‘अर्थतन्त्रको मेरुदण्ड’ मानिएको घरेलु तथा साना उद्दोगलाई अपेहलेना एवं हेयको दृष्टिले हेरेको फलस्वरुप मुलुक वार्षिक रुपमा अर्बौं ऋणमा डुबिरहेको छ ।

सरकारले हरेक वर्ष छुट्टाउने आर्थिक बजेटमा घरेलू तथा साना उद्दोगलाई सधै उपेक्षित नजरले हेर्ने गरेको देखिन्छ । झन्डै पाँच लाख परिवार सरकारको यस उपेक्षाको शिकार बनिरहेका छन् । मुलुकको ‘अर्थतन्त्रको मेरुदण्ड’ मानिएको घरेलु तथा साना उद्दोगलाई अपेहलेना एवं हेयको दृष्टिले हेरेको फलस्वरुप मुलुक वार्षिक रुपमा अर्बौं ऋणमा डुबिरहेको छ ।


जो पसिना बगाउँछ । जो रगत चुहाउँछ । जो एक छाक भोकै बस्छ । जो चार घण्टा पनि निदाउन सक्दैन् । उसैको पेटका पटकपटक लात्ती बजार्नुले सरकार आन्तरिक उत्पादन बढाउनेतर्फ यथेष्ट ध्यान दिन चाहदैन भन्ने प्रस्ट हुन् आउँछ । प्रहरी-प्रशाशन र सामजिक अभियन्ताहरुको मिलेमतोमा सरकार स-साना उद्दोग संचलानमा आउन नदिन तथा प्रतिबन्ध नै लगाउन घुँडा धसेर लागि परेको थुप्रै उदाहरणहरु देख्न सकिन्छ । गरिखाने वर्गलाई गरि खान नदिने अनेक ‘समाज सुधारक’ बताइने अपरिपक्क नीतिनियम ल्याएर सरकार जनताको आर्थिक र सांस्कृतिक अधिकार माथि लगातार हस्तक्षेप गरिरहेको छ ।

घरेलु मदिरा उद्दोग:

‘सामाजिक अहितकारी तत्व’ भनीएपश्चात मुलुकमा लुकीछिपी र ढाकछोप मार्फत नै फस्टाएको कम आम्दानीको स-साना घरेलु उद्दोग मध्ये प्रमुख एक हो – घरेलु मदिरा उद्दोग । विभिन्न मदिरा ऐन तथा नियमावलीहरु ल्याएर सरकार घरेलु मदिरा नियन्त्रणमा कडाइको साथ लागिरहेको छ ।

चाहे त्यो मदिरा ऐन- २०३१ होस् या मदिरा नियमावली -२०३३ । मदिरा नियन्त्रण(सेवा दस्तुर) ऐन-२०५४ होस् या मदिरा विक्री वितरण नियमन निर्देशीका -२०६५ । वा राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति -२०७३ होस् या लागू औषध अपराध निषेध एवं मदिरा नियन्त्रण तथा नियमन अभियान, २०७५ होस् । यी यस्ता बाध्यात्मक नियमहरु कार्यन्वयन ल्याएर सरकार घरेलु मदिरा उद्दोगमा असहिष्णुता मच्चाउदै छ । त्यसको अलावा मदिरा उत्पादनकर्ताबारे सुराकी दिने र सबुत प्रमाण पेश गर्नेलाई पुरस्कार नै दिने जस्ता सरकारी प्रावधान ल्याएर संक्स्कृति, परम्परामाथि यो सरकार क्रमशः हावी हुँदै गइरहेको छ ।

सरकारको यस्ता कदमका कारण रक्सि व्यवसायलाई आफ्नो बाच्ने आधार बनाईरहेकाहरुमा विद्रोह जन्मीरहेको छ । ‘जानेको नै रक्सि बेच्न हो, त्यो नै बन्द गरिदिए पछी पेट पाल्न के गर्ने ?’ घरवुना मदिरा उत्पादन तथा विक्रीवितरण गर्दै आइरहेकाहरुको सामुहिक आवाज हो – यो । यस्ता फितलो कार्यशैलीले समाजमा विकृति फैलीरहको छ । देशलाई प्राप्त हुने मोटो रकमको राजस्व गुमिरहेको छ । साथै विद्रोहकै अर्को रुप गुणस्तरहीन रक्सी उत्पादन झन् बढ्न पुगेको देखिन्छ ।

‘जानेको नै रक्सि बेच्न हो, त्यो नै बन्द गरिदिए पछी पेट पाल्न के गर्ने ?’ घरवुना मदिरा उत्पादन तथा विक्रीवितरण गर्दै आइरहेकाहरुको सामुहिक आवाज हो – यो । यस्ता फितलो कार्यशैलीले समाजमा विकृति फैलीरहको छ । देशलाई प्राप्त हुने मोटो रकमको राजस्व गुमिरहेको छ । साथै विद्रोहकै अर्को रुप गुणस्तरहीन रक्सी उत्पादन झन् बढ्न पुगेको देखिन्छ ।


निर्यात र आयातबीचको खाडल:

(नोट: यहाँ अन्य कारणहरुको चर्चा गरिने छैन ।)
तथ्यांकअनुसार मुलुकमा वर्षेनी २ खर्ब भन्दा बढी रकमको मदिरा खपत हुँदै आइरहेको छ । उक्त तथ्यांकले नेपालमा मदिरा खपत वर्षेनी बढिरहेको देखाउँछ । यत्रो रकमको खपत हुने गरेको मदिरा प्राय त् आयातीत नै हो । एक अनुसन्धानले वार्षिक रुपमा नेपालमा रक्सि र चामल आयात दर बराबर देखाएको छ । भन्सार विभागका अनुसार २५ अर्बको चामाल आयात हुँदा करिब २० अर्बको रक्सी आयात हुने गरेको छ । विदेशबाट उपहारमा वा विदेशी रक्सी घरपरिवार, साथिभाइलाई चखाउन भन्दै भित्रिने रक्सिको मात्रा पनि गणना गर्ने हो चामलको आयातलाई रक्सिले उछिन्ने पक्कापक्कि नै छ । बढी आयात हुनेमा पेट्रोलियम पदार्थ, खाद्यान्न, तेल र धातु जन्य सामग्री पश्चात रक्सि नै पर्दै आइरहेको छ ।

एक अनुसन्धानले वार्षिक रुपमा नेपालमा रक्सि र चामल आयात दर बराबर देखाएको छ । भन्सार विभागका अनुसार २५ अर्बको चामाल आयात हुँदा करिब २० अर्बको रक्सी आयात हुने गरेको छ । विदेशबाट उपहारमा वा विदेशी रक्सी घरपरिवार, साथिभाइलाई चखाउन भन्दै भित्रिने रक्सिको मात्रा पनि गणना गर्ने हो चामलको आयातलाई रक्सिले उछिन्ने पक्कापक्कि नै छ ।


नेपालको वैदेशिक व्यापारमा निर्यात र आयातबीचको खाडल पुरिनुको साटो बढ्दै गइरहेको देखिन्छ । व्यापार निकासी तथा प्रवद्धन केन्द्रको तथ्यांक अनुसार १५ रुपैयाँको वस्तु आयात गरिरहँदा १ रुपैयाँको वस्तु निर्यात गर्ने खुल्ला व्यापार नीति भएको यस मुलुकले हरेक वर्ष आफ्नो बजेट मुल्य बराबरककै व्यापार घाटा भोग्दै आइरहेको छ ।

विदेशी रक्सी र घरवुना रक्सी:

हरेक महिना एउटा न एउटा स्वदेशी तथा विदेशी नयाँ नयाँ ब्राण्डहरु बजारमा आइरहेकै छन् । यस्ता ब्रान्डेड रक्सीमा सरकारले गुणस्तर जाच्ने कष्ट पनि गरिरहदैन । ‘ब्रान्डेड हो, आवश्यक नीतिनियमको पालाना गरेकै होला ।’ सरकार काम गराईबाट सरकार यस्तै सोच्छ भन्न नसकिने आधार भेटिदैन ।

अर्कोतर्फ ‘घरवुना रक्सी भनेको निम्न आयादर भएको व्यक्तिले खाने चिज हो । मजदुर, ड्राइभर खलासी, रक्सी पिएर आफ्नो श्री-सम्पति सकिसकेकाहरु नै यसको नियमित सेवनकर्ता हुन्’ भन्ने मानिसिक धारणा पनि विकसित भइसकेको देख्न सकिन्छ ।

एक उदाहारण हेरौ- कुनै ठिकैको भट्टीमा छिर्नुहोस् । नजिकै कुनै टेबलमा कोहि ब्रान्डेड रक्सी पिइरहेको होला । उसको साम्मुख गएर बस्नुहोस् । र, तपाई लोकल रक्सी अर्डर गर्नुहोस् । अब तपाइँ आफ्नो सामुन्नेको मान्छेको अनुहारको भावभंगी हेर्नुहोस् । केहि फरक पाउनु भयो ? ऊ तपाईलाई उसको हैसियत भन्दा निकै तल राख्न हिच्किचाउँदैन ।’

यस्तो किन भइरहको छ ? लोकल रक्सी सस्तो छ, यसैले ? लोकल रक्सीको गुणस्तर छैन, यसैले ? हप्तामा तीन देखि चार वटा यस्ता घटना सार्वजनिक हुन्छन्- जसले घरेलु मदिरा प्रहरीले ढोलिदिएको खुलासा गर्छन, यसैले ? या स्वास्थ्यको हिसाबले घरबुना रक्सी ठिक छैन, यसैले ? पछिल्लो कारण छोडेर पहिलो तीनवटा कारण मुख्यतः हुन् । फलस्वरुप घरवुना रक्सी पिउनु भनेको ‘भुक्का हुनु या आर्थिक हैसियत कमजोर हुनु’ भन्ने मान्यता विकसित भइरहेको छ । (पछिल्लो कारण बारे म तल चर्चा गर्नेछु ।)

सर्वविदितै छ, बहुराष्ट्रिय कम्पनीका ब्रान्डेड रक्सी घरबुना रक्सी भन्दा कम्तिमा पनि ४ गुणा महँगो छन् । माथि उल्लेख गरिसकिएको छ – २५ अर्बको चामाल आयात हुँदा करिब २० अर्बको रक्सी आयात हुँदै आइरहेको छ । यस तथ्यांकले यहि प्रश्न निम्ताउँछ – स्वेदेशी उत्पादन(घरबुना रक्सि) मा साच्चै विश्वसनीय छैन ? घरवुना रक्सी सरकारले भने झैं गुणस्तर हिन नै छ त ? यदि छ भने पनि यसको गुणस्तर सुधार्न सरकारले के-कस्तो पहलकदमी चालेको छ ? यी प्रश्नहरुमा झुण्डिएको ‘प्रश्नवाचक चिन्ह (?) मा पुर्वाविराम लाग्नु आवश्यक छ ।

स्देवशी उत्पादन (घरबुना रक्सी) मा साच्चै विश्वसनीय छैन ? घरवुना रक्सी सरकारले भने झैं गुणस्तर हिन नै छ त ? यदि छ भने पनि यसको गुणस्तर सुधार्न सरकारले के-कस्तो पहलकदमी चालेको छ ? यी प्रश्नहरुमा झुण्डिएको ‘प्रश्नवाचक चिन्ह (?) मा पुर्वाविराम लाग्नु आवश्यक छ ।


घरबुना रक्सीको गुणस्तर र लोकप्रियतामा वृद्धि आवश्यक:

मागको तुलनामा आन्तरिक उत्पादन(मदिराको) नहुँदा पछिल्लो समय मुलुकको अर्थतन्त्र धाराशायी बन्दै गएको हो । यस विकाराल अवस्थामा विभिन्न खाले घरेलु उद्दोग मध्ये उत्पादन, विस्तार र विकासको दृष्टिकोणले घरेलु मदिरा उत्पादन क्षेत्र उपयोगी साबित हुन् सक्छ ।

यति ठुलो संख्याको रक्सीको मागलाई स्वेदेशी उत्पादनद्वारा नै आपुर्ती गर्न उत्पादकत्व क्षमताको वृद्धि, लागत क्षमतामा कमि साथै व्यवस्थित बजार आवश्यक छ । घरवुना मदिराको गुणस्तरीयता कायम गरि यसको ब्रान्ड नेम, बजार भ्यालु र बनाउने तरिकामा एकरुपता ल्याउँदा यसको लोकप्रियता र महत्व बढ्न जान्छ ।

स्वदेशी उत्पादन पटकपटक सरकारको आँखाको तारो बनिरहँदा अर्थतन्त्रमा तुषारापात त पुगिरहेकै छ नै । यसको अलवा सांस्कृतिक पक्ष, धार्मिक पक्ष एवं पर्यटन क्षेत्र समेत् धाराशाही बन्ने पक्का छ ।

सिएनएनको गुणस्तरीय रक्सीको सूचीमा नेवा: ऐला:

कानुनी चस्माको निगरानीमा ‘नजरबन्द’ विभिन्न घरेलु रक्सि मध्ये एक हो – नेवा: ऐला । अवैध व्यवसाय भनि वैधानीकता नपाइरहेको यसै बखत घरबुना मदिरा विश्वकै ५० मिठो पेयपदार्थको सुचीमा सूचिकृत हुन् सफल भएको छ ।

अमेरिकी संचार एजेन्सी सीएनएनले ‘वोल्र्डस् फिफ्टी मोस्ट डेलीसियस ड्रिंक्स‘ शिर्षकमा ८ मे २०१८ मा संसारका ५० मिठो पेयपदार्थको सूची निकालेको थियो । प्रकाशित उक्त ट्राभल जोर्नलमा नेपाली रक्सि भारतीय म्याङ्गो लस्सी(५० नम्बर), अस्ट्रेलियन रेडबुल(४९ नम्बर), जापानी याकुल्ट(४८ नम्बर),जर्मनीको ब्याण्ड फ्यान्टा(४३ नम्बर), जापानी शिकुवासा जुस (४२ नम्बर) लाई पछि पार्दै ४१ औं नम्बरमा परेको छ ।

सीएनएनले भनेको छ, ‘कोदो वा चामलबाट बनाइने रक्सीको गन्ध नाकले थाहा पाइहाल्छ । यो पिउँदा घाँटीमा एकैछिन पोले पनि पछि आनन्द दिन्छ ।’

अमेरिकी संचार एजेन्सी सीएनएनले ‘वोल्र्डस् फिफ्टी मोस्ट डेलीसियस ड्रिंक्स‘ शिर्षकमा ८ मे २०१८ मा संसारका ५० मिठो पेयपदार्थको सूची निकालेको थियो । प्रकाशित उक्त ट्राभल जोर्नलमा नेपाली रक्सि भारतीय म्याङ्गो लस्सी(५० नम्बर), अस्ट्रेलियन रेडबुल(४९ नम्बर), जापानी याकुल्ट(४८ नम्बर),जर्मनीको ब्याण्ड फ्यान्टा(४३ नम्बर), जापानी शिकुवासा जुस (४२ नम्बर) लाई पछि पार्दै ४१ औं नम्बरमा परेको छ ।


यस ट्राभल जर्नलले नेवा: ऐलालाई गुणस्तरीय रक्सी भनेर यकिन किटान नगरेको भएता पनि नेवा: ऐलाको प्रवद्धन र विकासमा अहम भूमिका खेलेको छ । मुलुक आफैंले यस बारे प्रचारप्रसार गर्न नसिकिरहेको(नचाहेको) बखत अमेरिकी संस्थाले थोरबहुत प्रचार गरिदिएको छ । यसको फाइदा उठाएर पर्यटन क्षेत्रलाई धाराशायी हुनबाट जोगाउँदा सरकारलाई कदाचित् घाटा छैन् ।

लोकतन्त्रमा हुकुमवाद:

रक्सी पिउन योग्य पेय पदार्थ कदाचित होइन । पिउने नपिउने दुवै पक्षमा यस कुराका ज्ञात छ । हो, सरकाले ल्याएको सम्पूर्ण उल्लेखित ऐन, नियम, नियामावली र निर्देशिकाको मूल उद्देश्य मदिराजन्य वस्तुको उत्पादन, विक्री वितरण र सेवनलाई व्यवस्थित बनाई नागरिकलाई स्वस्थ्य, सदाचारी , मर्यादित एवं सामाजिक सदभाव र सभ्य समाजको निर्माण गर्नु नै हो । यद्दपी यसो भनिरहँदा नकारात्मकताका श्रेय किन एकतर्फी रुपमा घरेलु मदिरामाथि मात्रै थुपारियो ? सिल्ड प्याक्ड विदेशी तथा ब्रान्डेड मदिराले चाहिं जनताको हित नै गरिरहेको छ त ? के त्यस्ता मदिराहरुले साच्चै नै देशको आर्थिक, सामाजीक एवं वैचारिक हैसियत निर्माणमा सकारात्मक नै छन् त ? होइन भने घरेलु मदिरा कानुनको नजरमा किन पूर्णत दोषी बनिरहेको छ ? गम्भीर प्रश्नहरु उठ्छन । यसको प्रमुख कारण हो संस्कृतिलाई कानुनी चस्मा लगाएर हेरिनु ।

सांस्कृतिक गर्भाशय के हो, कस्तो हो केही नबुझी असामाजिक तत्व बताउँदै घरेलु मदिरामाथि निषेधको नीति लादेको यस सरकारले लोकतान्त्रिक मान्यता बिर्सिएको हो ? लोकतान्त्रिक सरकारले निषेधको नीति अघि सारेर सांस्कृतिक पक्षमाथि लगातार किन आक्रमणको शृंखला चलाईरहेको छ ? लोकतन्त्रमा हुकुमवादको लेस मात्रै पनि उपस्थिति आवश्यक छैन । संस्कृतिको जगेर्ना आवश्यक छ । धार्मिक सहिष्णुता र सदभाव जरुरि छ ।

‘प्रहरीले घरेलु मदिरा नष्ट गर्यो ।’ सामाजिक सञ्जाल होस् या राष्ट्रिय अखबारहरु – राम्रै स्पेस दिन्छन् । ‘ प्रहरीले यति घरवुना रक्सी पोखिदियो । उति लिटर घरेलु रक्सि बरामद गर्यो ।’ लगायतका शिर्षकका समाचारलाई व्यंग्यात्मक क्याप्सन दिई सामाजिक सञ्जालमा सियर गर्नेको जमात पनि जानीनजानी सरकारको पक्षदर बनेको देखिन्छ ।

घरेलु मदिराको सांस्कृतिक महत्व:

नेपालको कतिपय मतवाली जनसमुदायमा पुजाआजा, संस्कार, संस्कृति र चाडपर्वको नाममा मदिरा प्रयोगले नियमितता पाएको छ । कोहि भन्छन्, ‘रक्सी चढाएपछी देउता खुसी हुन्छन् । रक्सी खाएपछि काम फत्ते हुन्छ ।’ यस समुदायमा केहि यस्ता व्यक्तिहरु पनि छन्, जो मदिरा नपाए सुत्न सक्दैनन् । मदिरा बिना रात कटाउँदा हातगोडा काँपेको, बेस्सरी पसिना आएको, सास फेर्न नै गाह्रो भएको जस्ता शारीरिक र मानिसिक पीडा अनुभव गरेको बताउँछन् । यी समुदायहरुमा बच्चा जन्मिदा, अतिथि सत्कारको रुपमा, मृत्यु संस्कार साथै चिहानमा समेत घरवुना मदिरा चढाउने परम्परा रहीआएको छ ।
जनजाती समुदायमा रक्सीलाई सगुनका रूपमा लिइन्छ ।

तन्त्रप्रधान नेवार धर्मअनुसार पञ्च ‘म’कारको संस्कार मध्ये: मदिरा, मासं–मासु, मीन–माछा, मुद्रा–बारा र मैथुन–अण्डा पञ्चतत्वलाई सगुनको रुपमा लिइन्छ । यी पाँच तत्वलाई काम, क्रोध, लोभ, मोह र अहंकारका प्रतिकका रूपमा हेरिन्छ । जसले यी पाँच तत्व(इन्द्रिय)लाई बसमा राख्छ, त्यसले संसार जित्छ मूल सन्देश प्रवाह गर्ने संस्कृतिको रूपमा ‘सगुन’ आदानप्रदान हुँदै आइरहेको छ ।

तन्त्रप्रधान नेवार धर्मअनुसार पञ्च ‘म’कारको संस्कार मध्ये: मदिरा, मासं–मासु, मीन–माछा, मुद्रा–बारा र मैथुन–अण्डा पञ्चतत्वलाई सगुनको रुपमा लिइन्छ । यी पाँच तत्वलाई काम, क्रोध, लोभ, मोह र अहंकारका प्रतिकका रूपमा हेरिन्छ । जसले यी पाँच तत्व(इन्द्रिय)लाई बसमा राख्छ, त्यसले संसार जित्छ मूल सन्देश प्रवाह गर्ने संस्कृतिको रूपमा ‘सगुन’ आदानप्रदान हुँदै आइरहेको छ ।


नेपालको विकारल भौगोलिक अवस्था अन्तर्गत हिमालमा रहनेहरु चिसोबाट जोगिन तथा पहाडमा हिउँको सेप लाग्ने हुँदा जाडो भगाउन घरवुना रक्सी नै पिउछन् । पहाडमा उकालो र ओरालो गर्दा प्यास मेट्न साथै तराईमा परिश्रम गरेर थकाइ मारिरहँदाको अवस्थामा गलेको शरीरलाई आराम दिन मदिरा सेवन गर्ने चलन रही आएको छ ।

‘चाडपर्वमा हामी धेरै प्रकारका खानेकुरा खान्छौं । ती प्रायः चिल्लो हुन्छ । जाँडरक्सीले चिल्लो काड्छ । शरीरलाई स्फूर्ति पनि प्रदान गर्छ ।’ असन निवासी रमेश बज्राचार्य बताउँछन् । मगर, राई, लिम्बू, गुरुङ, तामाङ, शेर्पालगायत विभिन्न समुदायमा ‘ल्होछार’ (नयाँ वर्ष), पूजा तथा अन्य उत्सवमा रक्सीको प्रयोग हुन्छ । त्यस्तै थारु समुदायले पनि छाँकी (रक्सी) चढाएर देउताको पूजा गर्ने गर्छन् ।

सगुनका रुपमा समुदायले पारम्पारिक मान्यता दिएको यस पेय पदार्थको उत्पादन, विक्री वितरणमा कानुन बनाई जबरजस्ती गरिरहनुले समाजमा विद्रोहलाई बढुवा दिलाइरहेको छ । सांस्कृतिक पृष्ठभूमि नै नबुझी संस्कृतिलाई कानुनको कठघरामा उभ्भाउँन मिल्दैन । संस्कृति एक सामाजिक संरचना हो । संस्कृति सामाजिक सामुहिकतामा आधारित हुन्छ । समाजको पारस्परिक साझा अर्थवोध नै संस्कृति हो । कानुनी चस्मा लगाएर सांस्कृतिक हिँसा मच्चाउनु सरकारको विवेकहिनता शिवाय केहि होइन । ‘राज्य संस्कृतिको रक्षक हो’ भन्ने कुरा बिर्सन सरकारलाई कदापि छुट छैन ।

संस्कृति सामाजिक सामुहिकतामा आधारित हुन्छ । समाजको पारस्परिक साझा अर्थवोध नै संस्कृति हो । कानुनी चस्मा लगाएर सांस्कृतिक हिँसा मच्चाउनु सरकारको विवेकहिनता शिवाय केहि होइन । ‘राज्य संस्कृतिको रक्षक हो’ भन्ने कुरा बिर्सन सरकारलाई कदापि छुट छैन ।


अन्त्यमा,

आधुनिकीकरणसँगै अघि बढिरहेको यस समाजमा मदिरा सेवन आम मानिसको पहुँच बढेको र यसले पारिवारिक कलह, अन्तरविरोध, झैँ-झगडा साथै द्वन्द निम्ताएको कुरा जगजाहेर नै छ । यद्दपी सरकार यसको प्रमुख श्रेय घरवुना मदिरालाई मात्रै दिनुसँग पंक्तिकार फेरी पनि पूर्णत असहमत छ ।

निर्धारित मापदण्ड भित्र रही उत्पादन तथा विक्री वितरण गर्ने हो भने घरवुना मदिराले पनि मुलुकको आर्थिक हैसियत निर्माणमा सघाउ पुर्याउने कुरालाई सरकारले नकार्न मिल्दैन । साथै घरवुना रक्सी उत्पादनकर्ताले के कुरामा ध्यान दिन जरुरी छ भने एक त विषाक्त पदार्थ बेच्नु, पान गर्नु, गराउनु, कुनै हिसाबले पनि ठीक हाइन । तर सचेत, जिम्मेवार र आवश्यक गुणस्तरियताको सवालमा भने उत्पादनकर्ता पनि पछाडि हट्न पाउँदैनन् ।

०००

०००

लेखकबाट थप :

सुर्य अस्त नेपाल मस्त

बलिउडको ‘ब्याड ब्वाई’ : मेरो ‘सन्जु बाबा’

'सल्लेरी कोलाज' ब्युरोका झल्लु प्रसाद गजल, कविता, कथा साथै मनोविश्लेषणात्मक लेख लेख्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्