Logo

वार्नरले मागे आफ्नी आमासंग माफी



Spread the love
६ असार, काठमाडौँ । अस्ट्रेलियाली ब्याट्सम्यान डेविड वार्नरले प्लाहाको टाउको फुटाइ दिएकोमा आफ्नी आमासँग माफी मागेको छन् । जुन ९ तारिखमा  भारतसँगको खेलअघि वार्नरले नेट्समा प्रहार गरेको बलले बलर प्लाहाको टाउको फुटेको थियो ।
उक्त घटनापछि २३ वर्षे प्लाहाले तीन दिन अस्पतालमा बिताएका थिए । वार्नरले प्रहार गरेको बलले उनको टाउको फुटेको समाचार विश्वव्यापी बनेको थियो । उनले आफूसँग वार्नरले माफी मागेको बताए ।
 ‘जतिखेर बलले लाग्यो, कसैले पनि टाउको फुटेको भनेर थाहा पाएनन् । म क्यामराअगाडि केही भन्न चाहन्न थिएँ, त्यसैले उनको कानमा केही भनिदिएँ,’ प्लाहाले भने, ‘वार्नरले मेरी आमासँग पनि कुराकानी गरे र माफी मागे । मेरी आमाले उनलाई शुभकामना दिए ।’

प्रतिक्रिया दिनुहोस्