६ असार, डोटी । डोटीको सेती नदीमा एक बालकको ज्यान गएको छ ।
नदीमा नुहाउन गएका शिखर नगरपालिका-१०, बानीडुग्रीसैन बस्ने ७ वर्षीय गोबिन्द बलायरको बगेर ज्यान गएकोे हो ।
प्रहरीका अनुसार स्थानीय सेवा एकेडेमी विद्यालयमा यूकेजीमा पढ्ने गाेबिन्द स्कुल छुट्टी भएपछि नदीमा नुहाउने क्रममा बगेर ३० मिटर तल नदी छेउमा मृत अवस्थामा फेला परेका थिए ।
प्रतिक्रिया दिनुहोस्