६ असार, काठमाडौँ l गुठीसम्बन्धी विधेयक फिर्ता लिने प्रक्रिया अघि बढेको भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा अर्यालले बताइन् ।
आजको प्रतिनिधिसभा बैठकमा सहभागिता सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै हिजो मन्त्रिपरिषद्ले निर्णय गरेर फिर्ता लिने प्रक्रिया सुरु गरिसकेको मन्त्री अर्यालले बताएकी छन् l
‘सरकारले हिजो मात्रै निर्णय गरेर राष्ट्रियसभाका निम्ति प्रक्रिया अगाडि बढिसकेको छ’ उनले भनिन l
गुठी जग्गाका किसानहरूको हक स्थापित गर्ने र धार्मिक मूल्य, मान्यता र परम्परा कायम राख्नका लागि सरकार अघि बढेता पनि हालको लागि भने उक्त प्रक्रिया स्थगित गर्नु परेको मन्त्री अर्यालले बताएकी छन् ।
प्रतिक्रिया दिनुहोस्