Logo

किन पक्राउ पर्दैनन् अपराधी : प्रभु



Spread the love

६ असार, काठमाडौँ l सत्तारुढ नेकपा प्रदेश-२ का अध्यक्ष तथा प्रतिनिधिसभा सांसद प्रभु साहले अपराधीलाई सम्बन्धित निकायले पक्राउ नगरेको गुनासो गरे ।

आजको प्रतिनिधिसभा बैठकमा सहभागिता लिँदै जबर्जस्ती करणी आरोपी तथा ठेकेदारका निर्माण सामग्री जलाउनेहरू किन पक्राउ नपरेको भन्ने प्रश्न समेत साहले गरेका छन् l

उक्त बैठकमा उनले भने, “केही दिन अगाडी रौतहट जिल्लामा मात्र ६ वटा स्काभेटर जलाइएको छ तर एक जना पनि अपराधी समातिएको छैन, यसरी श्रृखलावद्ध तरिकाले ठेकेदारको कामलाई अवरोध गर्ने अपराधीक काम भएको छ l त्यसैले म माननीय गृहमन्त्रीमार्फत जान्न चाहन्छु ती स्काभेटर कसले जलायो? ती अपराधीहरू कहाँ छन्? उनीहरू किन कानुनको दायरामा आएका छैनन्?”

स्थानीय प्रशासनले नगर्नुपर्ने कामहरू गरेको र गर्नुपर्ने सरकारी कामहरू नगरेको आरोप लगाउनका साथै सरकारले त्यसको गम्भीरतापूर्वक खोजतलास गर्नुपर्ने साहको धारणा रहेको छ l

प्रतिक्रिया दिनुहोस्