६ असार, काठमाडौँ l पूर्व प्रधानमन्त्री तथा अर्थमन्त्री डा.बाबुराम भट्टराई आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटले शैक्षिक सामाग्रीमा १० प्रतिशत भन्सार करको व्यवस्था प्रति कोधित भएका छन् l
सरकारले शिक्षा स्वास्थ्य जस्ता आधारभूत आवश्यकताका विषयमा अनावश्यक कर लगाएको भन्दै सो कर व्यवस्थाको खारेजीको पनि माग गरे l
आजको बजेट कार्यन्वयन माथिको छलफल सभामा सहभागिता लिँदै भट्टराईले सरकारले शैक्षिक सामाग्री किताबमा पनि कर लगाएको दुख व्यक्त गर्दै अनावश्यक वस्तुको आयातमा सरकारले सहुलियत दिने तर शिक्षा तथा स्वास्थ्य जस्तो गम्भीर विषमा सरकार अनुदार हुन अशोभविनय भएको बताए ।
उक्त सभामा भट्टराईले भने, “मैले पछि मात्र थाहा पाए । बजेटमा शैक्षिक पुस्तक तथा किताबहरूमा १० प्रतिशत करको व्यवस्था गरेको रैछ । यो थाहा पाउँदा मलाई अत्यन्त दुख लाग्यो । शैक्षिक सुधारमा सरकार लाग्नु पर्नेमा झन् कठोर भएको महसुस भयो । बरु सहरमा जग्गा दलाली गर्ने र भूकारोबार चम्काउनेहरूलाई बढी कर लगाउने व्यवस्था गरियोस् तर यस्ता शैक्षिक सामाग्रीहरूमा अनावश्यक कर नथोपरौं । यसले देशको शैक्षिक सुधार हुन सक्दैन ।”