६ असार, काठमाडौँ l प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मानसिकताबाट बाच्नका लागि सबैले योग गर्नुपर्ने कुरामा जोड दिए ।
विश्व योग दिवसको अवसरमा आज राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएको हो l
नियमित प्रत्येक व्यक्तिले योग गरेमा स्वास्थ्यका लागि उपयोगी हुने बताउनका साथै योगको अभ्यास भाषा र लिपी सुरु हुनुभन्दा अघिबाट सुरु भएको पनि ओली बताएका छन् l
लोभ मोह र क्रोधबाट मुक्त रहनका लागि योग र नियमित ध्यान गर्नु आवश्यक रहेको पनि प्रधानमन्त्रीले औँल्याए ।
प्रतिक्रिया दिनुहोस्