६ असार, बारा । बारा जिल्ला अदालतका एक तमेलदार घुससहित रङ्गेहात पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनिल चौधरी रहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौँडाको टोलीले एक सेवाग्राहीबाट मुद्दा छिटो पेसीमा चढाइदिन्छु भन्दै मालपोत कार्यालय अगाडि १८ हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस्