Logo

विप्लव समूह र प्रहरीबीच दोहोरो भिडन्त , जिल्ला इञ्चार्जको मृत्यु



Spread the love

५ असार. सर्लाही । सर्लाहीको लालबन्दीमा विप्लव समूह र प्रहरीबीच दोहोरो भिडन्त भएको छ भने विप्लवका जिल्ला इञ्चार्जको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाहीको बाग्मती नगरपालिका वडा नम्बर २ धरहरा घर भएका कुमार पौडेल रहेको छ । सर्लाहीको लखनदेही खोला किनारमा गस्तीमा रहेको प्रहरीमाथि मोटरसाइकलमा रहेका ४ जना विप्लवका कार्यकर्ताहरुले प्रहार गरेपछि प्रहरीले जवाफी फायरिङ गर्दा पौडेलको मृत्यु भएको हो भने गोली चलाउने अन्य व्यक्तिहरु फरार भएको प्रहरीको भनाइ छ।

घटनास्थलमा बन्दुक र मोटरसाइकल बरामद् भएको र बकि ३ जनाको खोजि भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्