Logo

एक महीनामा ४३ हजार युवा रोजगारीका लागि विदेश



Spread the love

५ असार, काठमाडौं । जेठ महिनामा ४३ हजार युवा रोजगारीका लागि विदेशिएका छन् । सरकारले देशमा ‘प्रधामन्त्री रोजगार कार्यक्रम’ सञ्चालन गरेपनि जेठ महिनामा ४३ हजार ६५४ युवा कामको खोजीमा विदेशिएका हुन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तगर्गत जेठ महीनामा ३० दिनको अल्पकालिन रोजगारी शुरु भएको छ । वैदेशिक रोजगार विभागका अनुसार, जेठमा ४० हजार ९०१ पुरुष र दुई हजार ७३५ महिला श्रम स्वीकृति लिएर विदेशिएका छन् ।

वैशाखमा १७ हजार ४३१ पुरुष र एक हजार ५२१ महिला गरी १८ हजार ९५२ युवा संस्थागतरुपमा श्रम स्वीकृति लिएर विदेशिएका थिए ।

सोही अवधिमा व्यक्तिगत रुपमा श्रम स्वीकृति लिएर ८६९ जना र पुनः श्रम स्वीकृति लिएर २२ हजार २३८ जना रोजगारीको खोजीमा विभिन्न मुलुक पुगेका विभागको तथ्याङ्कमा उल्लेख छ ।

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई दक्ष, सीपयुक्त बनाएर पठाउने नीति लिएको भए पनि वैदेशिक रोजगारीमा जाने अदक्ष कामदारको ठूलो सङ्ख्या रहेको छ ।

जेठ महीनामा विदेश जाने मध्ये २३ हजार ३३६ पुरुष र एक हजार ६६७ महिला गरी २५ हजार तीन अदक्ष कामदार छन् ।

सो अवधिमा विदेशिने मध्ये१४ हजार ६०३ जना भने दक्ष कामदार रहेको विभागले जनाएको छ । तीन हजार ९६३ जना अर्धदक्ष, ७९ जना व्यावसायिक सीप हासिल गरेका ६ जना उच्च सीपयुक्त व्यक्ति जेठ महिनामा विदेश गएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्