५ असार, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद रामबाबुकुमार यादवले वीरगञ्ज चिनी कारखाना तत्काल सञ्चालन गर्न माग गरेका छन् । उनले कारखाना सञ्चालन नहुँदा हजाराँै मजदूर बेरोजगार हुनाका साथै उखु किसानलाई मर्का परेको जानकारी दिए ।
बैठकमा सांसद गङ्गा चौधरीले गुठी विधेयक फिर्ता लिएर सरकारले श्रमजीवी किसानवर्गको अधिकार खोसेको आरोप लगाइन् । सांसदहरू शशी श्रेष्ठले ऊर्जा विकास तीव्र गतिमा हुनुपर्ने, डिला सङ्ग्रौलाले भष्टाचार कम हुन नसकेको र राजकिशोर यादवले सरकारले जनतालाई सुशासनको प्रत्याभूति दिन नसकेको आरोप लगाएका थिए ।
त्यसैगरी सांसद सञ्जयकुमार गौतम, हितबहादुर गुरुङ र सरिताकुमारी गिरीले गरीब, दलित, जनजाति तथा पिछडिएका जनताका अधिकारलाई सुनिश्चित गर्नाका लागि सरकारको ध्यानाकर्षण गराएका थिए । रासस
प्रतिक्रिया दिनुहोस्