४ असार, काठमाडौं । विश्वकपमा सबैभन्दा बढी रन खाने बलर अफगानिस्तानका रसिद खान बनेका छन्। आइसिसी विश्वकप क्रिकेट अन्तर्गत मंगलबार इंग्ल्यान्ड विरुद्धको खेलमा ९ ओभर बलिङ गर्दा ११ छक्का र ३ चौकाको मदतमा ११० रन खर्चिए।
यसअघि यो रेकर्ड बर्मुडाका ड्वेन लेभेरकको नाममा थियो। सन् २००७ मा उनले वेस्ट इन्डिजमा भएको विश्वकपमा भारतविरुद्ध खेलमा १० ओभरमा ९६ रन खर्चिएका थिए।
यससंगै रसिद एकदिवसीय क्रिकेटमा बढी रन दिने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहेका छन्।
प्रतिक्रिया दिनुहोस्