Logo

ठगी गरेको आरोपमा ट्रेनिङ सेन्टरका सञ्चालक पक्राउ



Spread the love

४ असार, काठमाडौँ ।
काठमाडौँमा  ठगी गरेको आरोपमा प्रहरीले ट्रेनिङ सेन्टरका सञ्चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट घर भएका ३४ वर्षीय प्रविन पौडेल रहेका छन् । पौडेलले विशालनगरस्थित ‘द एप्प्रेनटिस फर्म’ नामक ट्रेनिङ सेन्टर खोली सिंगापुर पठाइ दिने भन्दै तीन सयभन्दा बढी व्यक्तिहरूबाट ६ करोडभन्दा बढी ठगी गरेको आरोपमा पक्राउ परेका हुन् ।

उनलाई प्रहरीले पीडितहरुको जाहेरीको आधारमा खोजी अनुसन्धान गर्ने क्रममा मकवानपुरबाट पक्राउ गरेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्