३ असार, काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रसारण असार ९ गते हुने खेलको नेपालबाट हेर्न नपाइने भएको छ। आइसिसीको कार्यतालिका अनुसार उक्त दिन बंगलादेश र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।
असार ९ गते दिउँसो १२ बजेदेखि १० गते १२ बजेसम्म विज्ञापन प्रसारण हुने विदेशी च्यानलहरु बन्द गर्ने भएकाले क्रिकेट प्रेमीले खेल हेर्न नपाउने भएका हुन्। नेपाल केवल टेलिभिजन महासंघका अध्यक्ष सुधिर पराजुलीले विदेशी विज्ञापनबिनाका च्यानल बन्द गर्ने निर्णयले पार्न सक्ने असरलाई बुझाउन एक दिन विरोधस्वरूप विज्ञापन प्रशारण हुने विदेशी च्यानल बन्द गर्न लागिएको बताए।
नेपाल सरकारले चाहे जस्तो नियम लागु गर्दा नेपालमा सर्वाधिक रुचाइएको च्यानलहरु कलर्स, स्टार प्लस, जी टीभी लगायतका सम्पूर्ण मनोरञ्जनात्मक च्यानलहरुका साथै खेलकुद प्रेमीहरुले मन पराएका फुटबल, क्रिकेट लगायत अन्य खेलहरु प्रशारण गरिने स्टार स्पोट्र्स, सोनी टेन लगायतका च्यानलहरु पनि नेपाली जनताले हेर्न नपाउने महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्