Logo

‘राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय समितिको विस्तारित बैठक ६ र ७ गते हुँदै’



Spread the love

३ असार, काठमाडौँ l काठमाडौँमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय समितिको विस्तारित बैठक असार ६ र ७ गते बस्ने भएको छ l मंगलबारको एक प्रेस विज्ञप्तिमा राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए l

बैठकमा नेपाल सरकार समक्ष प्रस्तुत २२ बुँदे माग, सरकारसँग भएको पहिलो चरणको वार्ता, पार्टीले सञ्चालन गरेको जनसंघर्षका कार्यक्रम, दुई चरणको राष्ट्रिय स्वाभिमान यात्रा एवं समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्दै भावी रणनीति तय गर्नेछ । उक्त विज्ञप्तिमा भनिएको छ l

सो बैठकमा अध्यक्ष कमल थापाबाट समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी कार्यदिशा विषयमा राजनीतिक प्रतिवेदन, महामन्त्री राजेन्द्र लिङ्देनबाट सङ्गठन सुदृढीकरण सम्बन्धी प्रतिवेदन, महामन्त्री भाष्कर भद्राबाट सचिवालय सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उद्धव पौडेलबाट आर्थिक प्रतिवेदन पेस हुने बताइएको छ l

विस्तारित बैठकमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, प्रदेश कार्य समितिका अध्यक्षहरू, केन्द्रीय विभाग र भातृ सङ्गठनका प्रमुखहरू र ७७ वटै जिल्लाका अध्यक्षहरूको सहभागिता हुने विज्ञप्तिमा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्